post single page

पाल्पामा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार आगामि जेठ ३१ गतेसम्म थप भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा भएको बैठकले बन्द रहेका वाणिज्य तथा विकास बैँकहरू बिहान ७ देखी १० वजे सम्म खोल्ने निर्णय गरेको छ । यस्तै तरकारी पसल ९ बजेसम्म खुल्नेमा १० बजेसम्म खुल्न दिने भएको छ ।

कोभिड विरुद्धको खोप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । खोप ६० देखी ६४ वर्ष भनिएकोमा खोप कम उपलब्ध भएकाले ६२ देखी ६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको बताइएको छ ।