कोरोना संक्रमणका कारण थप एकको मृत्यु, पाल्पामा मृतकको संख्या ४ पुग्यो

पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४२  वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि स्वाब पठाएको थियो । लुम्बिनी मेडिकल कलेजमा ३ डाक्टरसहित ११ जना […]

पुरा पढ्नुहोस

पाल्पामा हालसम्म समुदायस्तरमा ९४ जनामा कोरोना पुष्टि

पाल्पा ३० भदौ २०७७ पाल्पामा मंगलवार सम्ममा ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दैनिक जारी गर्ने सूचना अनुसार मंगलवार सम्ममा १० स्थानीय तहका ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पाको. माथागढीमा ५ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोलामा १ जना, रैनादेवी छहरामा ६ जना, […]

पुरा पढ्नुहोस

प्रत्येक व्यक्तिले स्वास्थ्य सचेतना अपनाउनुपर्ने वेला आयोः प्रजिअ न्यौपाने

पाल्पा भदौ २५, २०७७ पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसै संर्दभमा पाल्पा जिल्लाको कोरोना संक्रमणको अवस्था, स्थानीय तहहरु संगको समन्वय, सीमा नाकाको कडाई लगातका विषयमा हामीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने संग कुराकानी गरेका छौं । […]

पुरा पढ्नुहोस

निशेधाज्ञाको पहिलो दिन सुनसान तानसेन वजार (फोटो फिचर)

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गए राती देखी पाल्पा जिल्लाभर लागुहुने गरी गरिएको निशेधाज्ञाको आज पहिलो दिन जिल्ला सदरमुकाम सुनसान रहेको छ । केही तस्वीरहरुः तस्वीर सुमन कार्की

पुरा पढ्नुहोस

पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने

पाल्पा,माघ ४ । सुनिल कार्की ÷ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानिय,राष्ट्रिय र आन्तराष्ट्रि खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश […]

पुरा पढ्नुहोस

यूएई बस दुर्घटनामा ३ नेपालीको ज्यान गयो, नाम ठेगाना सहित

पाल्पा,माघ ३ । यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेकाे नेपाली दूतावासले जनाएको छ । यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार […]

पुरा पढ्नुहोस

कस्मिरबाट उनले श्रीमतीलाई भने- फोन राख, आतंकवादी आए…

‘फोन राख राख… यहाँ आतंकवादी आएजस्तो छ।’ मंगलबार बेलुकी गोरखा नगरपालिका-५ रिप गाउँकी सरिता थापा मगरलाई भारतीय सेनामा कार्यरत श्रीमान् अर्जुन थापा मगरले कस्मिरबाट फेसबुक मेसेन्जरमा भने। अर्जुनले यति भन्नासाथ कल काटियो। सरितालाई ननिको लाग्यो। उनी आत्तिइन्। प्रार्थना गरिन्- नराम्रो केही नहोस्। उनलाई आश थियो-एकछिनमै म्यासेन्जरमा फेरि श्रीमानको फोन आउनेछ। घन्टा बित्यो। रात सकियो। बुधबार […]

पुरा पढ्नुहोस

कास्मिर सैनिक भिडन्तमा एक नेपालीको मृत्यु

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ। मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ। बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु […]

पुरा पढ्नुहोस

तानसेनमा पनि भ्रमण वर्षको शुभारम्भ, देश विदेशमा तानसेन चिनाउने नगरप्रमुख शाहीको भनाई

विष्णु घिमिरे पाल्पा पौष १६ तानसेन नगरपालिकाले भ्रमण वर्ष २०२० को सुभारम्भ गरेको छ । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै भ्रमण वर्षको शुभारम्भ गर्नुभयो । नेपालको राष्ट्रिय गौरवको कार्यक्रम भ्रमण वर्ष सफल बनाउन तानसेन नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्ने नगरप्रमुख शाहीले बताउनुभयो । रानीमहलको फोटो नेपालका सबै होटलहरुमा राख्ने, […]

पुरा पढ्नुहोस

सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन

बुटवल मंसिर २८ सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आोजना र एक्सन एड नेपालको सहयोगमा भएको २ दिने सम्मेलनले ८ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सम्मेलनको उद्घाटन गर्दै ५ नं। प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा क्षेत्रमा आमूल […]

पुरा पढ्नुहोस