नेकपा पाल्पा अध्यक्षद्धारा ३ लाख रुपैया स्थानीय तहलाई दिने निर्णय

विष्णु घिमिरे पाल्पा ५, वैशाख नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ । कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरस कोभिड […]

पुरा पढ्नुहोस

बस्याल दम्पतीद्धारा चैत्र महिनाको घरभाडा नलिने घोषणा

पाल्पा २, वैषाख तानसेन मेहल्धारामा बस्दै आउनुभएका कृष्ण प्रसाद बस्यालले आफ्नो घरमा भाडामा बस्नेहरुको लागि चैत्र महिनाको भाडा नलिने घोषणा गर्नु भएको छ । विश्वभर कोरोना संक्रमण फैलन थालेपछी सरकारले लकडाउन गरेसंगै आर्थिक राहतको लागि बस्यालले घरभाडा नलिने बताउनुभएको हो । “मासिक ३५ हजार हुदो रैछ, लकडाउनले समस्या परेको होला, मैले यति भाडा नलिदा पनि […]

पुरा पढ्नुहोस

राम्दी हुदै पाल्पा प्रवेशमा थप कडाई

विष्णु घिमिरे पाल्पा १ वैषाख विश्वभर कोरोना संत्रास फैलिरहेको छ । नेपालमा पनि लकडाउन चलिरहेको छ । यसै विच जिल्ला तथा स्थानिय तह प्रवेशमा कडाई भईरहेका छन् । पाल्पा प्रवेश गर्ने मुख्य नाका मध्येको एउटा नाका राम्दीमा आइतवार देखी स्वास्थ्य जाच तथा सुरक्षामा थप कडाई थालिएको छ । राम्दीहुदै पाल्पा प्रवेश गर्ने नाकामा बगनासकाली गाउपालिकाले […]

पुरा पढ्नुहोस

एस.आर.डिसी.एन बाट राहत वितरण

पाल्पा चैत्र ३० तानसेन १३ वौघागुम्हाका ६ घरपरिवारलाई सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाले राहत वितरण गरेको छ । सस्थाको कार्यक्षेत्र भित्रका गरिव तथा दैनिक ज्याला मजदुरीले जिविको पार्जन गर्दै आएका परिवारलाई १ बोरा चामल, २ किलो दाल, २ लिटर तेल तथा २÷२ वटा सावुन वितरण गरिएको सस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले जानकारी दिनुभयो । […]

पुरा पढ्नुहोस

पाल्पाका दुध बिक्री गर्ने किसान कतै नबिकेर, कतै बिकेको दुधको पैसा नपाएर मर्का

पाल्पा चैत्र २९ विष्णु घिमिरे तानसेन नगरपालिका १२,बौघापोखराथोकका खुमबहादुर रानाले दैनिक ४० लिटर दुधको महि पार्ने र गाउँमा बाड््ने गर्दै आउनुभएको छ । ५ वटा दुहुना र १ वटा व्याउने गाई उहाँको गोठमा छ । चैत ११ गते देखि वहाँले दुधबिक्री गर्न पाउनुभएको छैन ।“लकडाउन पछि डेरीले दुध नलिने भन्यो । दुध बिक्रीका लागि कसैले […]

पुरा पढ्नुहोस

पाल्पाका ४३ जनाकै रिपोर्ट नेगेटिभ

पाल्पा चैत्र २८ जिल्लाका ४३ जनाकै कोभिड–१९ परिक्षण नेगेटिभ देखिएको छ । जिल्लाका ४ वटै क्वारेनटाइनमा रहेका ४३ जनाको रेपिड डाइगनोष्टिक किट मार्फत कोभिड १९ को परिक्षण गरिएको थियो । चैत्र २८ गते प्रमुख जिल्ला अधिकारी यादव सुवेदी सहितको वैठकले रामपुर नगरपालिकाका ९ जना, पूर्वखोला गाउपालिकाका २१ जना, रिब्दीकोट गाउपालिकाका ३ जना र रैनादेवी छहरा […]

पुरा पढ्नुहोस

पाल्पाको क्वारेनटानमा रहेका ४३ जनाको कोभिड १९ को परिक्षण गरिने

पाल्पा चैत्र २८ कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण समिति पाल्पाले जिल्लाका ४ वटै क्वारेनटाइनमा रहेका ४३ जनाको रेपिड डाइगनोष्टिक किट मार्फत कोभिड १९ को परिक्षण गर्ने निर्णय गरेको छ । चैत्र २८ गते प्रमुख जिल्ला अधिकारी यादव सुवेदी सहितको वैठकले रामपुर नगरपालिकाका ९ जना, पूर्वखोला गाउपालिकाका २१ जना, रिब्दीकोट गाउपालिकाका ३ जना र रैनादेवी छहरा गाउपालिकाका […]

पुरा पढ्नुहोस

पाल्पाबाट पठाइएका ३ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

पाल्पा चैत्र २३ जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनमा शुक्रवार दिउसो देखी आइसोलेशनमा उपचाररत ३ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आइतवार अनलाइन मार्फत नेगेटिभ रिपोर्ट आएको पाल्पा अस्पतालका निमित्त प्रमुख डा. पुष्प ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनबाट स्वाब संकलन गरी परिक्षणका लागि प्रदेश जन […]

पुरा पढ्नुहोस

पाल्पा व्यापार संघद्धारा मास्क र स्यानिटाइजर निशुल्क वितरण

पाल्पा व्यापार संघले जिल्लाका सबै स्थानीय तह, प्रहरी, अस्पताल, पत्रकारहरु तथा सर्वसाधारणहरुलाई समेत गरी ३ हजार मास्क र १ सय बढी स्यानिटाइजर निशुल्क वितरण गरेको छ । पाल्पा चैत्र २३ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन पाल्पा व्यापार संघले नागकिरलाई सचेत बन्न आग्रह गरेको छ । संक्रमण फैलिन नदिन अपनाइएको सचेतनाले फाइदा पुगेको संघले […]

पुरा पढ्नुहोस

स्वाब परिक्षणका लागि पाल्पाबाट पहिलो नमुना पठाइयो

विष्णु घिमिरे चैत्र २२ बगनासकाली २ पोखराथोकका एक जनाको स्वाब परिक्षणका बुटवल पठाइएको छ । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछी पाल्पा जिल्ला अस्पतालबाट शनिवार स्वाब परिक्षणका लागि पठाएको निमित्त प्रमुख डा. पुष्प ज्ञवालीले बताउनुभयो । डा. ज्ञवालीका अनुसार पाल्पा जिल्लाबाट स्वाब परिक्षणका लागि पठाइएको यो पहिलो घटना हो । उनको चैत्र २१ गते शुक्रवार जिल्ला […]

पुरा पढ्नुहोस