पाल्पामा हालसम्म समुदायस्तरमा ९४ जनामा कोरोना पुष्टि

पाल्पा ३० भदौ २०७७ पाल्पामा मंगलवार सम्ममा ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दैनिक जारी गर्ने सूचना अनुसार मंगलवार सम्ममा १० स्थानीय तहका ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पाको. माथागढीमा ५ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोलामा १ जना, रैनादेवी छहरामा ६ जना, […]

पुरा पढ्नुहोस

प्रत्येक व्यक्तिले स्वास्थ्य सचेतना अपनाउनुपर्ने वेला आयोः प्रजिअ न्यौपाने

पाल्पा भदौ २५, २०७७ पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसै संर्दभमा पाल्पा जिल्लाको कोरोना संक्रमणको अवस्था, स्थानीय तहहरु संगको समन्वय, सीमा नाकाको कडाई लगातका विषयमा हामीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने संग कुराकानी गरेका छौं । […]

पुरा पढ्नुहोस

पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलदो

पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पापाटीलाई बताउनुभयो। आज थपिएका २८ मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण […]

पुरा पढ्नुहोस

पाल्पामा भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थपियो

पाल्पा १२ भदौ जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । गत भदौ ५ गतेदखि आज राती १२ बजेसम्मका लागि लागू गरिएको निशेधाज्ञा पुनः एक साताका लागि थप गरेको हो । दोस्रो चरणको निषेधाज्ञाको समयावधी आगामी भदौ १९ गते सम्मका लागि हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ […]

पुरा पढ्नुहोस

निशेधाज्ञाको पहिलो दिन सुनसान तानसेन वजार (फोटो फिचर)

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गए राती देखी पाल्पा जिल्लाभर लागुहुने गरी गरिएको निशेधाज्ञाको आज पहिलो दिन जिल्ला सदरमुकाम सुनसान रहेको छ । केही तस्वीरहरुः तस्वीर सुमन कार्की

पुरा पढ्नुहोस

कोरोना परीक्षणको लागि १ हजार २ सय ८८ किट पाल्पा आइपुग्यो

पाल्पा ६ वैशाख स्वास्थ्य मन्त्रालयबाट कोरोना जाँच गर्ने किट सहितका स्वास्थ्य सामाग्री पाल्पा आइपुगेका छन् । स्वास्थ्य सेवा विभागबाट आएका सामाग्रीहरु सोमवार कोरोना नियन्त्रण जिल्ला समितिलाई हस्तान्तरण गरिएको छ । पिसिआर परीक्षण किट २सय ८८ वटा, आरडीटी किट १ हजार वटा, पिपिइ ५० सेट, एन ९५ मास्क ८० वटा, सर्जिकल मास्क ४ हजार वटा, ग्लोब्स […]

पुरा पढ्नुहोस

पत्रकारको सुरक्षामा ध्यान दिन प्रेस संगठनको आग्रह

पाल्पा ७ बैशाख प्रेस संगठन नेपाल पाल्पाले संकटका वेला काम गर्ने पत्रकारहरुको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । प्रेस संगठन नेपाल पाल्पाका अध्यक्ष राजेन्द्र लिगलले प्रेस विज्ञप्ती निकाल्दै कार्यस्थलमा खट्नुपर्ने पत्रकारहरुको सुरक्षाका लागि आवश्यक सामाग्री संचारगृहले उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । पिपिइ सेट, मास्क, सेनिटाइजर र ग्लोब्स जस्ता अत्यावश्यक सामग्रीहरुको सहज […]

पुरा पढ्नुहोस

कृषि एम्बुलेन्सः किसानको तरकारी सोझै ग्राहकमाझ

विष्णु घिमिरे पाल्पा ७, वैशाख सस्तोमूल्यमा तरकारी उपलब्ध गराउन तानसेनमा कृषि एम्बुलेन्सको सुरुवात भएको छ । लकडाउनका कारण तानसेन वजारमा घरभित्रै वसेका उपभोक्तालाई ताजा र सस्तो मूल्यमा तरकारी उपलब्ध गराउन घर घरमा  कृषि एम्बुलेन्सको सुरुवात भएको बताइएको छ । तानसेन युवा परिषदले मदनपोखरामा उत्पादित तरकारी वजारसम्म ल्याएर विक्री वितरण गरेको हो । मदनपोखराका किसानहरुको तरकारी […]

पुरा पढ्नुहोस

तिनाउ गाउपालिकाले अलपत्र परेका मजदुर र विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गर्दै

पाल्पा ६ वैशाख तिनाउँ गाउँपालिकाले लकडाउनको कारण अलपत्र परेका मजदुर र विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गरेको छ ।  यस अघि ४ लाख ५० हजार रुपैंया बराबरको राहत वितरण गरिएकोमा दोस्रो चरणमा ६ लाख बराबरको राहत वितरण गरिने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । यसका लागि राहत कोषमा रकम जम्मा गरिएको र अन्य संघ […]

पुरा पढ्नुहोस