यम्घालाई प्रथम बगनासकाली रनिङ्ग शिल्ड भलिबलको उपाधी

तानसेन पूर्वखोला

दयाराज न्यौपाने
पाल्पा-गाउँ पालीका स्तरीय युवा तथा खेलकुद बिकास समिति बगनासकालीको आयोजनामा प्रथम रनिङ्ग शिल्ड भलिबल खेल प्रतियोगीता बगनासकालीमा सम्पन भएको छ । चिलाङ्गदी खेलमैदान भएको फाईनल खेलमा बगनासकाली ३ नायरनमतलेस लाई ३-० को सोझो सेटमा पराजित गदैबगनासकाली ६ यम्घा ले उपाधी हात पारेको हो भने चापपानीलाई पराजीत गदै खानीछापले तेश्रो स्थान हात पारेको थियो ।

बिजेता टिमहरुलाई पुरस्कार बितरण गदै प्रमुख अतिथी बगनासकाली गाउँ पालीकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले युवाहरको आर्कषण खेलकुद भएको बताउदै हरेक खेलको बेग्लै महत्व रहेको उल्लेख गदै खेलकुदको बिकासमा सधै सारथी बन्ने बताउनु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथी बगनासकाली गाउँ पालीकाका उपाध्यक्ष सरस्वती चिदीले खेल भावनाले संबन्धमा समेत राम्रो बिकास हुने बताउदै खेलमार्फत स्थान पहिचानमा लाग्न आग्ह गर्नु भएको थियो ।

पुरस्कार बितरण समारोहमाप्रथम हुने टिमलाई नगद २० हजार रुपैया,प्रमाण पत्र र ट्रफी तथा द्धितिय हुने टिमलाई नगद १५ हजार र प्रमाण पत्र र ट्रफी प्रदान गरीएको थियो,त्यस्तै तेश्रो हुनेलाई नगद १० हजार रुपैया,प्रमाण पत्र प्रदान गरिएको थियो । खेलकुदलाई प्रतेक बर्षमा पर्वको रुपमा स्थापीत गर्ने प्रयास गरेको बगनासकाली गाउँ पालीका स्तरीय खेलकुद बिकास समितीका अध्यक्ष सेर बहादुर चिदीले बताउनु भयो । गाउँ पालीकाका ८ वडा टिम सहभागी भएको भलिबल खेल प्रतियोगीबाट गाउँ पालीका स्तरीय भलिबल टिम निमार्ण गरीएको गाउँ पालीका स्तरीय खेलकुद बिकास समितीका सचिव राजेन्द्र प्रसाद बस्यालले बताउनु भयो ।