मन्त्री गोकर्ण विष्ट पाल्पामा कार्यकर्तासँग एक घण्टा

राष्ट्रिय

पाल्पा- श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले पाल्पाको विकासमा आफु सधै लाग्ने बताउनुभएको छ । गुल्मी र पाल्पाको जिल्लाको विकासमा आफु सधै लागेको समेत मन्त्री विष्टले बताउनुभयो । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुसँगको तानसेनमा कुराकानी गर्दै मन्त्री विष्टले पाल्पामा प्राविधिक शिक्षालयका आवश्यक रहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षालय स्थापना गर्न पहल भएको बताउनुभयो । पाल्पा जिल्लामा रहेर आफु अध्ययन समेत गरेको पाल्पाको विकासमा सधै सहयोग रहेन उहाँले बताउनुभयो । पाल्पा मंगलबार विहान गुल्मी जानुभयो । पाल्पाका कार्यकर्ताहरुसँग करिब एक घण्टा समय खर्चेका छन् । उर्जा मन्त्री हुदाँ ख्याति कमाएका विष्टप्रति यस भेगका जनता आशावादी छन् । उनले समालेको मन्त्रालय राम्रो काम गर्ने अडकलबाजी गरेका छन्, तर यसपालि उनको काम कस्तो हुनेछ, हेर्न भने बाकी छ ।