यो साता पाल्पामा पौडी खेल्दा चारको मृत्यु, एक जना अझै बेपत्ता, पौडी खेल्न खोलामा नजानुहोस्

राष्ट्रिय

पाल्पा-पाल्पामा एक हप्ताको अवधिमा पौडी खेल्ने क्रममा चार जनाको मृत्यु भएको छ । भने अझै एक जना बेपत्ता अवस्थामा रहेको छन् । आज पाल्पाको तिनाउ खोलामा पौडी खेल्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षिय सुशील श्रेष्ठ रहेका छन् ।
तिनाउ गाउपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी तथा डिएपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

पाल्पाको रानीमहल नजिकै पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव अझै फेला परेको छैन । रिब्दीकोट गाउपालिका–३, हार्थोकका १८ वर्षीय संगम कार्की अझै कालीगण्डकी नदीमा बेपत्ता छन् । उनीसँगै नयाँ वर्षका दिन हराएका युवक आयुश खनालको शव आइतबार रानीमहल नजिकै कालीगण्डकी नदीमा फेला परेको थियो । नयाँ वर्षका दिन कालीगण्डकी नदीमा पौडी खेल्ने बेपता भएका संगम कार्कीको अझै फेला परेका छैनन् । उनीसँग पौडी खेलेर बेपत्ता बनेका आयुश खनाल आइतबार कालीगण्डकी नदीमा फेला परेका हुन  ।

यता चैत २५ गते रम्भा गाउपालिका–१ हुगि माझ्खण्डका २ जना बालक पौडी खेल्ने क्रममा कालिगण्डकी नदिमा बेपत्ता दुई जना बालकको मृत्यु भएको छ ३ जना छिमेकी साथीहरु मिलेर पौडी खेल्न नदिमा गएकोमा २ जना बेपत्ता भएका हुन् । माझखन्डका हिरा रानाका ५ बर्षका छोरा सरोज राना र छिमेकी गुन्जबहादुर रानाको ४ बर्षका छोरा अबिरल राना बेपत्ता भएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । उनीहरु जनकल्याण मा बि हुगिमा पढ्ने विद्यार्थी हुन् ।