भैरव बहुमुखी क्याम्पसमा बेथितीको राज

तिनाउ

पाल्पा- रैनादेवी छहरा गाउपालिकामा ४ मा रहेको भैरव बहुमुखी क्याम्पस बेथिती बढेपछि माओवादीले त्यस्ता कदम रोक्नुपर्ने संकेत देखाएको छ । नेकपा माओबादी केन्द्रले आफ्ना तिन बुँदे मागसहित क्याम्पस प्रशासनलाई बुझाएपछि समस्यामा परेको छ । क्याम्पसमा केही दिन अगाडी क्याम्पस सञ्चालन समिति गठन भएको थियो । क्याम्पस सञ्चालन समिति गठन प्रक्रियामा क्याम्पस प्रशासनले निश्चित व्यक्तिलाई डाकेर समिति गठनप्रति  माओवादीले असहमत जनाउदै आएको छ ।

माओवादीले क्याम्पस प्रमुख खिमराज घिमिरेलाई ज्ञापन पत्र बुझाउदै विगतका गल्ती कमजोरी सात दिनभित्र सच्याउन माग सहित चेतवानी दिएको छ । एकलौटी, न्युन उपस्थितिमा आफुखुसी समिति गठन गरेको गुनासो छ । साधारण सभामा खबर नर्गनु क्याम्पसको ठुलो गल्ती भएको भन्दै ज्ञापन पत्र बुझाउन बाध्य भएको नेकपा माओबादी केन्द्र रैनादेवी छहराका अध्यक्ष टेकराज पोखरेल बताए । तीन सय बढी साधारण सदस्य रहेको क्याम्पसको साधारण सभामा न्युन उपस्थिति रहेकै कारण बजारमा पुगेर अन्य अभिभावकलाई रजिस्टरमा हाजिर गराएको समेत पोखरेलले आरोप लगाए ।

ज्ञापन पत्रमा भनिएको छ, “क्याम्पस सञ्चालन समिति गठन गर्न पुन भेला गर्नु पर्ने, क्याम्पसको बिधान सच्चाउनु पर्ने, एकाधिकार प्राणलीबाट माथि रहेर सबैलाई समेटेर क्याम्पस सञ्चालक समिति गठन गर्नुपर्ने, सात दिन भित्र माथि उल्लेखित मागहरु सम्बोधन गरिनुपर्नेछ । अन्यथा थप कार्यक्रमसहित अगाडी बढन हाम्रो पार्टी बाध्य हुनेछ ।”

क्याम्पस प्रमुख घिमिरेले गुनासोलाई सम्बोधन गदै क्याम्पसको बिधान अनुसार सबैलाई खबर गरेको र कुनै राजनिति तवरबाट कसैलाई खबर नगरेको दावी गरेका छन । गएको चैत्र २५ गते पुर्व साँसद यादव बहादुर रायमाझीको अध्यक्षतामा क्याम्पस सञ्चालन समिति गठन भएको थियो । भैरव बहुमुखी क्याम्पस रैनादेवी छहरा गाउपालिकाभित्रको एउटा मात्र क्याम्पस रहेपनि क्याम्पस प्रशासनले भने छहरा बाहेक अन्य वडाका अभिभावकलाई खबर नगर्ने र नेतृत्वमा पनि छहराको मात्र हालिमुहाली गर्दै आएको छ । यस क्याम्पस स्थापनासँग विवादित क्याम्पस हो ।