मनै लोभ्याउने छादी गुफा, स्थानीय सरकारको बेवास्ताले गर्दा अझै ओझेलमा

तानसेन राष्ट्रिय समाचार

पाल्पा- रामपुर नगरपालिका–१, खटाङ्गस्थित छादी गुफा यस भेगकै आकर्षक गुफा हो, तर प्रयाप्त प्रचारप्रसारको अभावले ओझेलमा छ । रमणीय स्थलका रुपमा रहेको यस गुफा क्षेत्र भने प्रचारप्रसार हुन नसक्दा पुर्वी पाल्पाको पर्यटन व्यवसायमा असर गर्ने कुरा नौलो भने होइन् । गुफामा हजारौं संख्यामा स्थानधारी प्रजातिको चरा चमेराको बासस्थान छ ।चमेरा अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण स्थान हो भने, नजिकैको छादी झरना सबैको मन लोभ्याउन सफल छ ।

छादी गुफामा चमेरा बाँस बस्दा निकै रमणीय हुन्छ । विहान चमेरा निस्किदा पनि चिरविर आवाजमा यस क्षेत्र प्राकृतिक हिसावले रमणीय हुन्छ । चमेरा, गुफा, र झरना प्राय एकै स्थानमा हुदैन ।भिरालो चटटा्नमा अवस्थित गुफाभित्र विभिन्न आकृतिमा मृर्तिहरु छन् । जसले धार्मिक पर्यटकलाई आकर्षित गर्दछ । चमेरा, गुफा, र झरनाकोे प्रचारप्रसारमा अझै कोही जुटेका छैनन् ।

चिन्ते सामुदायिक वन क्षेत्रभित्र रहेको गुफामा देवीदेवताको मुर्ति र गुफाको माथिल्लो भागमा चमेराहरु फैलिएर यस क्षेत्र हेर्न लायकको पर्यटकीय गन्तव्य हो । उज्यालोको साहायताले गुफामा रहेका विभिन्न आकृतिका मुर्ति, चमेराहरु हेर्न र अर्को झरना भएको द्धारबाट बाहिर निस्कन सकिने गरेको स्थानीयबासिन्दा सुर्य दर्जीले बताउनुभयो ।ठुलो गुफाको प्रवेशद्धार र बाहिर निस्कने द्धार फरक फरक रहेका छन् । गुफाको माथिल्ला भागबाट पानी झरीरहेको छ । त्यो पानी देवी देवताको आकृतिमा खसेको स्थानीयबासिन्दा दर्जीको भनाई छ ।

छादी गुफाको आसपासमा पाँच सात ओटा गुफाहरु देखिएको स्थानीयबासिन्दा चिरञ्जीवी सिग्देलले बताउनुभयो । साना गुफामा देखिए पनि मानिसह भित्र प्रवेश गरी अवलोकन कमै मात्रा गर्दछन् । प्रवेशद्धार सानो हुने र भित्री भाग फैलिएको छैन् । गुफा क्षेत्रमा बढी चिसोपन रहीरहने भएकोले पनि बाह्र महिना हरियाली देख्न पाइन्छ ।गुफा क्षेत्र पहिला पानी बग्ने क्षेत्र हो । गुफाको नजिकैबाट अहिले पानी झरना बगेकोले पनि अझै रमणीय बनाउन सहयोग तुल्याएको देखिन्छ ।

चैत वैशाख समेत शीतल हुने भएको आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना छ । स्थानीयतहबाट भौतिक संरचना र प्रचारप्रसार हुन नसक्दा ऐतिहासिक महत्व बोकेको यस क्षेत्र गुमनाम जस्तो बनेको छ । भौतिक संरचनाको विकास हुन नसक्दा ऐतिहासिक महत्वले भरीपूर्ण यस क्षेत्र ओझेलमा परेको स्थानीयबासिन्दाको भनाई छ । चिन्ते सामुदायिक वनमा रहेको छादी गुफाहरु र झरना प्रचारप्रसारको ओझेलमा परेको छ ।

कालीगण्डकी कोरीडोर अन्तरगत रामपुरस्थित छादीको सडक देखि दश पन्ध मिनेट पैतल हिडेपछि गुफा र छहरा रमणीय स्थलमा भेटिन्छ । चिन्ते सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण गर्न थालेपछि यस क्षेत्र हराबरा बन्द थालेपछि एकान्तमा रमाउनेहरुको लागि यो क्षेत्र झनै आन्ददायी क्षेत्र बनेको छ । सानो मान्छे हिड्ने गोरेटो हुदै छादीमा पुग्न्छि ।

पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेको अवस्थामा स्थानीयबासिन्दाको रोजगारीका अवसरहरु समेत सिर्जना हुने तर त्यसका लागि स्थानीयतहबाट भौतिक संरचनाको विकास, प्रचारप्रसार, सडकको व्यवस्था, होटल लगायतका संरचनामा ध्यानदिनुपर्ने स्थानीयबासिन्दा दर्जीको भनाई छ । पाल्पाको रामपुरको तालपोखरा, मुस्लिम तथा दराई, कुमाल, माझी समुदायको सस्कृति र केलादीघाट, छादीको गुफा, स्याउली बजार क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास सकेको अवस्था रामपुर क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा परिचित हुने थियो ।