राष्ट्रिय शिक्षक संगठन, पाल्पाको अध्यक्षमा ढकाल निर्वाचित

तिनाउ राष्ट्रिय

पाल्पा-नेपाल राष्ट्रिय शिक्षक संगठन, पाल्पाको अध्यक्षमा रामप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । शिक्षक संगठनको १२ औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष मीरा खनाल र डोलराज पाण्डेय, सचिवमा हिरा आचार्य निर्वाचित हुनुभएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा कृष्ण थापा, विष्णु पोखरेल, झलक रायमाझी, त्रिविक्रम खनाल, लक्ष्मी ढुङ्गाना, रहेका छन् । जिल्ला सदस्यहरुमा निदी गाउपालिकाबाट पदम बहादुर थापा, रामपुर नगरपालिकाबाट रुपराज भण्डारी, पुर्वखोला गाउपालिकाबाट, माथागढीबाट सुसन्दर सेराई, बगनासकालीबाट भुपति बस्याल, तानसेनबाट युवराज पन्त र धनपति गैरे, रिब्दीकोट मोतिराज अधिकारी, रैनादेवी छहराबाट जनार्दन पाण्डेय रहनुभएको छ । केही समावेशी पदमा अझै टुङिगएको छैन ।