कुमाल जाति जन्मसिद्ध इन्जिनियर- रामपुर नगरका मेयर रमण बहादुर थापा

तिनाउ राष्ट्रिय

सीता डोटेल

रामपुर- रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कुमाल जाति जन्मसिद्ध इन्जिनियर भएको बताउनुुभएको छ । नेपाल कुमाल समाज सुधार तदर्थ समिति रामपुरद्धारा आयोजित नगर स्तरीय कुमाल समुदायको भेलामा प्रमुख अतिथि नगर प्रमुख थापाले काचो माटोलाई मुर्त रुप दिएर दैनिक आबश्यकता परिपुर्ति गर्ने कुमाल समुदायलाई इन्जिनियरको उपमा दिनुुभएको हो ।

उहाँले रामपुर सहित कालीगण्डकी बेशीमा रहेका कुमाल समुदायको हितको लागि आफु लाग्ने बताउनुुभयो । सम्पुुर्ण समुदायको भेषभुुषा कला संस्कृति जोगाउन तथा आर्थिक समृद्धि तर्पm लैजान म लाग्नेछुु उहाँले भन्नुुभयो–“तपाईहरु अब आधुुनिक तरिकाबाट अगाडी बढ्नुुस् ।” पछिल्लो समय कुमाल जातिको पेशा लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै थापाले आफ्नो पेशालाई लोप नहुने गरी परिस्कृत गर्न सुुझाब दिनुुभयो ।

कुमाल समाज नेपालका केन्द्रिय अध्यक्ष गणेश कुमालले कुमाल समुदाय अझै पनि मुलधारमा आउन नसकेको बताउँनुुभयो । कुमाल समुदायमा चेतना अभिबृद्धि गर्दै अवसर दिएको खण्डमा नेतृत्व लिन सक्षम रहेको बताउनुुभयो । कार्यक्रममा नेकपा एमाले रामपुरका अध्यक्ष राजेन्द्र प्रसाद लम्साल, नेपाली कांग्रेसकाका ऋषिराम भट्टराई, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर नगरपालिका वडा नं. १० का अध्यक्ष लिल बहादुर गाहा, एकिकृत मगर उत्थान समाजका कार्यवाहक अध्यक्ष भुमिसरा रानाले बोल्दै नेपालको मौलिक कला संस्कृति उत्पादनमा सबै पक्ष लाग्नुुपर्ने बताउनुुभएको थियो ।

कुमाल समाजका अगुवा छविलाल कुमालको अध्यक्षतामा भएको भेलामा पदम कुमालले कुमाल समुदायको बारेमा जानकारी दिदै नेपालमा गएको जनगणना अनुसार १ लाख २१ हजार बढी कुमालको संख्या रहेको बताउनुुभएको थियो । मालती कुमालको स्वागत र सदिक्षा कुमाल र कल्पना कुमालको सञ्चालनमा कार्यक्रम चलेको थियो । सोही अबसरमा कुमाल समुदायका महिला पुरुष आफ्नो पोषाकमा सहभागी भई प्रचलित बिभिन्न सांस्कृतिक झाँकी प्रस्तुुत गरेका थिए ।

रामपुर वडा नम्बर ५, ४, २ र १० मा बढी कुमाल समुदाय रहेका छन् । कुमाल समुदायको पुख्यौली पेशा माटोका भाडा बनाउने भएपनि पछिल्लो समय माटोको अभाब र युवा पुस्ता अन्य व्यबसाय तथा बैदेशिक रोजगारीका लागि अन्यन्त्र जादा माटोेका भाडा बनाउने पेशा लगभग लोप हुुन लागेको छ । बजारका प्लाष्टिकका भाडाले पनि यो पेशा खुुम्चिएको उनीहरुको भनाई छ । पहिले ५० घर बढीले माटोको भाडा बनाउने तिलकपुरमा अहिले २ जनाले मात्र अगांलेका छन् भने माटो नपाइने समस्याले अहिले खासै माटाका भाडा नबनाएको उनीहरुको भनाई छ ।