जल्पाको स्वास्थ्य चौकीमा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएपछि महिलाहरु खुसी

तानसेन समाचार
सेयर गर्नुहोस

पाल्पा-पूर्वखोला गाउँपालिका-२, जल्पाको स्वास्थ्य चौकीमा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएपछि यहाँका महिलाहरु खुसी बनेका छन् । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा बुधबारदेखि बर्थिङ सेन्टर सञ्चालन आएपछि यहाँमा महिलाहरु प्रसुति सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको खुसी भएका छन् ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलाहरुले घरमा नै प्रसुति हुन बाध्यता रहेकोमा बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलाहरु खुसी छन् । घरमा नै परम्परागत रुपमा प्रसुति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुदाँ महिलाहरु चिन्तित बन्दै आएका थिए । जिल्ला समन्वयन समितिका सदस्य इश्वरी प्रसाद न्यौपानेले बर्थिङ सेन्टर उद्घाटन गर्दै गाउँ गाउँमा बर्थिङ सेन्टर स्थापना भएसँग प्रसुतिका लागि महिलाहरु सदरमुकाम धाउनु नपर्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले महिलाहरुलाई कम खर्चमा सुरक्षित तरिकाले गाउँमै प्रसुति गराउनका लागि गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो । पूर्वखोला–२, जल्पाका वडा अध्यक्ष नीरबहादुर सारुले बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस भेगका महिलाहरु खुसी बनेको बताउनुभयो । यस भेगका महिलाहर प्रसुति सेवाका लागि जिल्ला सदरमुकाम तानसेन र रुपन्देही जिल्लामा जानुपर्ने बाध्यता रहेका थियो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले महिलाहरुलाई कम खर्चमा सुरक्षित तरिकाले गाउँमै प्रसुति गराउनका लागि गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराई, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक श्रीराज आचार्य, रम्भा गाउँपालिकाका स्वास्थ्य संयोजक महेश आचार्य, माथागढी गाउँपालिका स्वास्थ्य संयोजक मदन बहादुर चिदी, पूर्वखोला ४ देवीनगरका वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठ, पूर्वखोला ५ वीरकोटका वडा अध्यक्ष धन बहादुर सिंजाली, सिलुवा स्वास्थ्य चौकीका प्रमुख पारवती केसी, सुआहाराका फिल्ड संयोजक दिनेश घिमिरे लगायतले लगायतले प्रसुति गृह सञ्चालनपछि आमा शिशुको मृत्युदर शुन्य बन्ने बताउनुभयो ।

जल्पा स्वास्थ्य चौकीका प्रमुख रेशम सुनारको स्वागतबाट सुरु भएको कार्यक्रम पूर्वखोला २ जल्पाका वडा अध्यक्ष नीरबहादुर सारुको अध्यक्षता र पदम दर्लामीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।