एक बालक मृत भेटिए

तानसेन

पाल्पा- पाल्पाको रम्भा गाउपालिका, १, हुगीमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता दुई बालक मध्ये एक मृत फेला परेका छन् । अर्कोको अवस्था बुधबार पनि पत्ता लाग्न सकेको छैन । हुगीका ४ वर्षिय अविरन पुन मगर पौडी खेल्न गएको स्थानदेखि झण्डै ५० मिटर दुरीमै मृत अवस्थामा बुधबार फेला परेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।

पौडी खेल्ने क्रममै कालीगण्डकीमा वेपत्ता अर्का बालक ५ वर्षीय सरोज रानाको अवस्था अझै थाहा हुन सकेको छैन । दुबै बालक नदीमा पौडी खेल्न जादा वेपत्ता भएका थिए । तीन जना साथीहरु मिलेर नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता भएको जानकारी बेलुकी मात्र पाएपछि तत्कालै खोजतलास सुरु गरिएको थियो । हुगीमा रहेको प्रहरी, स्थानीय बासिन्दा र छिमेकी स्याङ्जातर्फबाट समेत खोजी कार्य जारी रहेको डिएसपी घिमिरेले बताए । बुधबार पनि बिहानैदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको छ ।