पाल्पालीलाई दुखत खबर ¦ दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

तानसेन

पाल्पा-रम्भा गाउपालिका १ हुगि माझ्खण्डका २ जना बालक पौडी खेल्ने क्रममा कालिगण्डकी नदिमा बेपत्ता भएका छन् । सोमबार दिउँसो झन्डै ३ बजेको समयमा ३ जना छिमेकी साथिहरु मिलेर पौडी खेल्न नदिमा गएकोमा २ जना बेपत्ता भएका हुन् । माझखन्डका हिरा रानाका ५ बर्षका छोरा सरोज राना र छिमेकी गुन्जबहादुर रानाको ४ बर्षका छोरा अबिरल राना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । उनीहरु संगै नदिमा गएका अर्का साथी अनिल रानाले साथी पौडी खेल्ने क्रममा हराएको बताएपछि स्थानीय आफन्तजन र नजिकै रहेको प्रहरी चौकी हुगिका प्रहरिले उनिहरुको खोजी गरेका हुन् । प्रहरिले सोमबार अबेर सम्म खोजि गर्दा नपाएको र मङगलबार बिहानैबाट खोजी गर्ने बताएको छ । घटना भएको घाट खन्डदेखी तल्लो भागमा पनि प्रहरीले खोजी गरेको जनाएको छ । उनिहरु जनकल्याण मा बि हुगिमा पढ्ने विद्यार्थी हुन् ।