गल्धालाई प्रथम अध्यक्ष कप पुरुष भलिबलको उपाधी

समाचार

दयाराज न्यौपाने
पाल्पा- निस्दी गाउँपालीका स्तरीय खेलकुद विकास समितिको आयोजनामा प्रथम अध्यक्ष कप पुरुष भलिबल खेल प्रतियोगीता मित्यालमा सम्पन भएको छ ।
झयाल्याटुङ्ग खेलमैदान मित्यालमा भएको फाईनल खेलमा निस्दी ५ गल्धा बी लाई २—१को सेटमा हरादै गल्धा एले उपाधी हात पारेको हो भने बाकामलाङ्गलाई पराजित गदै सहलकोटले तेश्रो स्थान हात पारेको थियो ।

बिजेता टिमहरुलाई पुरस्कार बितरण गदै प्रमुख अतिथी निस्दी गाउँ पालीकाका अध्यक्ष मुक्त बहादुर सारुले हरेक खेलको बेग्लै महत्व रहेको बताउदै खेल मार्फत स्थान पहिचानमा लाग्न खेलाडीहरुलाई आग्रह गदै खेलकुदको बिकासमा सधै सारथी बन्ने बताउनु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्ले खेलकुद बिकास हरेक बिकास सगं सगै हुनुपर्ने बताउदै हरेक खालका खेललाई प्राथमिकता दिदै खेल मार्फत क्षेत्र पहिचानमा अघि बढन् आग्रह गदै खेलकुद बिकास समिति सधै खेल बिकासको पक्षमा रहेको र भौतिक पुर्वधार बिकासमा समेत लागि पर्ने बताउनु भएको छ ।

कार्यक्रममा निस्दी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल, नेकपा एमाले निस्दी गाउँपालीकाका संयोजक देवीलाल लामीछाने ,जिल्ला भलिबल संघका अध्यक्ष नेत्र बहादुर गाहाँ, ६ नम्बरवडाका बडा अध्यक्ष मेक बहादुर सुनारी, मैदान निमाण समितिका अध्यक्ष हेम बहादुर सुनारी लगायतले बोल्दै पुर्वी पाल्पामा आयोजना भएको खेलकुद प्रतियोगीताले पाल्पाको पहिचानमा टेवा पुगेको बताउनु भएको छ । कार्यक्रममा प्रथम हुने टिमलाई नगद ७५ हजार रुपैया, प्रमाण पत्र र ट्रफी तथा द्धितिय हुने टिमलाई नगद ५० हजार र प्रमाण पत्र र ट्रफी प्रदान गरीएको थियो । त्यस्तै तेश्रो हुनेलाई नगद २५ हजार रुपैया, प्रमाण पत्र प्रदान गरिएको थियो ।

खेलकुदलाई प्रत्येक बर्षमा पर्वको रुपमा स्थापित गर्ने प्रयास गरेको निस्दी गाउँ पालीका स्तरीय खेलकुद बिकास समितिका अध्यक्ष नबिन्द्र बहादुर थापा सोतीलेबताउनु भयो । निस्दी गाउँ पालीकाका प्रतेक वडामा छनोट खेल मार्फत ७ बडाका प्रथम र दोश्रो भएका १४ टिम सहभागी भएको भलिबल खेल प्रतियोगीबाट गाउँपालीका स्तरीय भलिबल टिम निमार्ण गरीएको गाउँपालीका स्तरीय खेलकुद बिकास समितिका सचिव तेज बहादुर सुनारीले बताउनुभयो ।