शिक्षण संस्थामा मगर विद्यार्थी संगठन

तिनाउ रिव्दीकोट

पाल्पा-नेपाल मगर विद्यार्थी संघ पाल्पाको पूर्ण बैठक आइतवार तानसेनमा सम्पन्न भएको छ । तानसेनको डाइनामिक कम्प्यूटर एकाडेमीको सभाहलमा भएको बैठक अध्यक्ष रुपा थापा मगरको अध्यक्षतामा भएको हो । बैठकले मगर विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रेम बगाले दुवै मृगौला फेलभई उपचाररत रहनुभएको र उहाँको सिघ्र स्वास्थ्य लाभको कामना सहित सहयोगका लागि संघले पहल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्ला अधिवेशनको तयारी र राष्ट्रिय विस्तारित भेलाको समिक्षा गरिएको उपाध्यक्ष लंकबहादुर रानाले बताउनुभयो । जिल्लाभर रहेका मगर विद्यार्थीलाई समेटेर हरेक शिक्षण संस्थामा संगठन विस्तार गर्ने, सदस्यता नविकरण गर्ने लगायतका समसामयिक विषयमा निर्णय गरिएको सचिव अमित रास्कोटी मगरले जानकारी दिनुभयो । बैंठकमा जिल्ला सदस्य तथा पदाधिकारीहरुले आफ्ना धारणा तथा रिपोटिग गरेका थिए । बैठक जिल्ला अध्यक्ष रुपा थापा मगरको अध्यक्षता र सचिव अमित रास्कोटीको संचालनमा भएको थियो ।