सिद्धबाबाको बाटो बनाउने जिम्मा सेनालाई दिन दबाब

तिनाउ राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा-सिद्धबाबाको बाटो बनाउन दबाब अभियानले सिद्धबाबाको बाटो बनाउने जिम्मा नेपाली सेनालाई दिन दबाब दिएको छ ।  तानसेन नगरपालिका ३ का स्थानीयबासिन्दा शम्भु प्रसाद आचार्यको नेतृत्वले संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितलाई सिद्धबाबा क्षेत्रको सडकको काम सेनालाई दिन माग गरेका छन् ।

मन्त्री पण्डितलाई तानसेनमा दबाब अभियानले दबाब पत्र हस्तान्तरण गरेका हुन । अभियानका अगुवा शम्भु प्रसाद आचार्यले सडकको काम नेपाली सेनालाई दिन संकलित हस्ताक्षर समेत मन्त्री पण्डितलाई हस्तान्तरण छन ् । रुपन्देही जिल्लाबाट पहाडी जिल्ला पाल्पा हुदैँ गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग स्याङ्जा लगायतका पाल्पाको सिद्धबाबा हुदँै यात्रा गर्ने जोखिमपूर्ण रहेको छ ।

पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबा क्षेत्रमा २०५४ सालयता ५ सय सवारी दुघटना भएको अभियानले जनाएको छ । अभियानका अनुसार पाँच सय दुर्घटनामा ४ सय जनाले ज्यान गुमाउन बाध्य भएको र पाँच सय जना अङगभङ भएको अभियानको दावी छ । सेनाद्धारा सिद्धबाबाको सडक समयमा पुरा हुने भएको अभियानले सेनालाई काम गर्न सरकारलाई दबाब दिएको हो । सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो सहित वर्षेनी मानवीय क्षति हुदैँ गएको छ ।

पाल्पाबासी सिद्धबाबाको सडक मर्मतका लागि वर्षेनी कुरा उठाएपनि सडक प्रभावकारी हुन सकेको छैन । सरकारी निकायबाट करोडौ बजेट सकेपनि यात्रु ज्यान जानबाट भने नरोकिदा जिल्लाबासी चिन्तित छन् । नेपाली सेना मार्फत सिद्धबाबा हुनुपर्ने गरी दबाद सहित अभियानले पोष्टर सिद्धबाबा क्षेत्रमा टाँसेको छ । करिब तीन महिनादेखि अभियानले दबाबमुलक कार्यक्रम गर्दै आएको अभियानका अगुवा शम्भु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।