मन्त्री पण्डितले के सिद्धबाबाको सडक निर्माणको जिम्मा सेनालाई देलान ?

तिनाउ समाचार

पाल्पा– तानसेन नगरपालिका–३, का शम्भु प्रसाद आचार्यको नेतृत्वले सिद्धबाबाको बाटो बनाउन दबाब अभियानले संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले सिद्धबाबाको बाटो बनाउने जिम्मा सेनालाई देउ अभियानले दबाब दिएको छन् । जिल्लाबासी हस्ताक्षर सहितको अभियान दबाब पत्र मन्त्री पण्डितलाई हस्तान्तरण गरेका छन् ।

रुपन्देही जिल्लाबाट पहाडी जिल्ला पाल्पा हुदैँ गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग स्याङ्जा लगायतका पाल्पाको सिद्धबाबा हुदँै यात्रा गर्ने जोखिमपूर्ण रहेको छ । पाल्पा बुटबल सडक खण्डको सिद्धबाबा क्षेत्रमा २०५४ सालयता ५ सय सवारी दुघटना भएको अभियानले जनाएको छ । अभियानका अनुसार पाँच सय दुर्घटनामा ४ सय जनाले ज्यान गुमाउन बाध्य भएको र पाँच सय जना अङगभङ भएको हुन ।

सेनाद्धारा सिद्धबाबाको सडक समयमा पुरा हुने भएको अभियानले सेनालाई काम गर्न सरकारलाई दबाब दिएको हो ।पाल्पा बुटबल यात्रा गर्ने यात्रुको अकालमा ज्यान गुमाउन नपरोस भन्दै पटक पटक सिद्धबाबा क्षेत्र सडक निर्माण जिल्लाबासीले दवाव दिएका छन् । तर सिघबाबा क्षेत्रको सडक मर्मतका नाममा करोडौ बजेट सकिएपनि सडक ज्यानमाराका रुपमा स्थापित बनेको छ । पाल्पा बुटबलको सिद्धबाबा सडक जीवनमार्ग सडकका रुपमा स्थापित हुने पर्ने स्थानीयबासिन्दाको भनाई छ ।