खादरमा परम्परागत कुडुले घर पर्यटकलाई लोभ्याउँदै

राष्ट्रिय समाचार

पाल्पा-जिल्लाको निस्दी गाउपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटक मन लोभ्याउन सफल भएका छन् ।

निस्दी गाउपालिकाको खादरस्थित मगर बस्तीमा देखिने केही कुडुले घरहरुले परम्परागत झल्को मेटिनन्छ । खरका छाना, एउटा ढोका, एक तले घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश पन्ध ओटा घर अझै परम्परागत रुपमा कुडुले घरहरु खादर आसपासका क्षेत्रको शोभा नै बढाएको छ ।

आवासका लागि नयाँ बनाउनेहरुले कुडुले घर बनाउने योजना भने छैन । आधुनिकताको प्रभावले मानिसहरु पछिल्ला वर्षमा परम्परागत कुडुले घर बनाउन आकर्षित छैनन्, कुडुले घर बनाउन कच्चा पदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुदाँ घुमारा मोडलका घर बन्न छाडेको स्थानीयबासिन्दा लेखन्त विसीले बताउनुहुन्छ ।

स्थानीयबासिन्दा लेखन्त विसीले निस्दी आन्तरिक पर्यटकका लागि नमुना गाउपालिका रुपमा स्थापित ग्रामीण क्षेत्रमा विकास गर्न सकिने बताउनुभयो । निस्दीको मित्यालमा हावाबाट विजुली, खादरमा कुडुले घर, झिरुवासमा नमुना अम्रिसो खेती अवलोकन गर्न आउने पर्यटक लागि कुडुले घरप्रति निकै चासोका साथ हेर्ने गर्दछन् । तर, प्रचारप्रसार हुन नसक्दा यस क्षेत्र नै ओझेलमा पर्दै गएको छ ।

आधुनिक मोडलका पक्की घर तथा कर्कत पाताका छाना सहितका घरप्रति मानिसहरु आकर्षित बनेका विसीको दावी छ । पाल्पाको निस्दी गाउपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउपालिका, बगनासकाली गाउपालिका, माथागढी गाउपालिकामा प्रशस्त देखिने भएपनि अहिले कुडुले घरहरु औलामा गणना गर्न सकिने अवस्थामा रहेको पूर्वखोला गाउपालिका–२ जल्पाका डोल बहादुर विश्वकर्मा भनाई छ ।

एउटा मात्र ढोका हुने कुडुले घरमा गर्मी सिर्जनमा शीतल र जाडोमा न्यानो हुने विसीले बताउनुभयो । कुडुले घरमा बस्दा सामुहिक भावना बढी हुने गर्दछ । खरले छाएको कुडुले घर जाडोबाट बच्ने, भित्र फराकिलो हुन्छ, एकै ठाउमा सुत्न, बस्न र खाना पकाउन समेत मिल्ने स्थानीयबासिन्दा मनिसरा ढेँगाले बताउनुभयो ।

पातीले बारेर लिपेर घुमाउरो बनाउने चलन रहेकोमा अहिले ढुङ्गा माटोले पर्खाल उठाउने चलन रहेको पाइन्छ । ग्रामीण क्षेत्रमा यसको महत्व कम भएपनि शहरी क्षेत्रमा भने यसको महत्व बढेको बुढापाका बताउँछन् ।

होटल तथा रिर्साेटमा कुडुले घरका नमुनाहरु देखिन्छ । मेला तथा महोत्सव समेत कुडुले घरका झल्को पाइने छ । परम्परागत कुडुले घरको संरक्षणका लागि स्थानीय सरकारबाट पहल हुनुपर्ने स्थानीयबासिन्दाको भनाइ छ ।