मोवाइल तथा बैंकबाट विद्युत महशुल तिर्ने व्यवस्था गरेसँगै काउन्टरमा धाउनुपर्ने बाध्यता हट्यो पाल्पामा

राष्ट्रिय वगनासकाली

पाल्पा- विद्युत् प्राधिकरण पाल्पाले मोवाइल तथा बैंकबाट विद्युत महशुल तिर्ने व्यवस्था गरेसँगै काउन्टरमा धाउनुपर्ने बाध्यता हटेको छ । प्राधिकरण पाल्पाले गत माघ २८ गतेदेखि इसेवा पनि महसुल भुक्तानी हुन थालेको हो ।

विद्युत महसुल काउन्टरबाट समेत पहिलाको अवस्थामा विद्युत महसुल तिर्ने व्यवस्था नियमित छ । इसेवाबाट महुसल बुझाउन पाएपछि प्रविधिमय ग्राहक काउन्टर धाउनुपर्ने बाध्यता टरेको छ ।

ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत घरमा बसी बसी इसेवा र खल्ती मोवाइल एप्सको प्रयोग गरेर पनि विद्युत महसुल तिर्ने ग्राहकलाई महसुल काउन्टरको चासो हुने छैन । मोवाइलको इसेवा प्रयोग गर्न नसक्नेहरुका लागि बैक मार्फत विद्युत महसुल भुक्तानी गर्न सक्नेछन् ।

माघ २८ गतेदेखि सञ्चालनमा आएको अनलाईन भुक्तानी सेवाबाट फागुन महिनासम्म ३९७ जनाले सो सुविधा प्रयोग गरेको प्राधिकरण पाल्पाका समिरी अरुण भण्डारीले बताउनुभयो । इसेवाबाट मात्र फागुन महिनामा ३ लाख २९ हजार ३ सय ७७ रुपैयाँ महसुलबाट राजश्व सङ्कलन भएको छ ।

प्राधिकरणले अनलाईन मार्फत प्रभु बैंक, इन्भेष्ट बैक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाल लगायतका संस्थाबाट पनि महशुल तिर्न सक्ने व्यवस्था गरिएको विद्युत् प्राधिकरण पाल्पाका इजिनियर विवेक अधिकारीले बताउनुभयो ।

प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिलअनुसार इसेवा मार्फत महसुल तिर्न सक्नेछन् । प्राधिकरणले तोकेको संस्था वा निकायमा महशुल बुझाएपछि ग्राहकलाई बिल भुक्तानी भयो भन्ने सूचना दिनेछ ।

ग्रामीण क्षेत्र बगनास, नारायणडाडा, बराङदी, बौघागुम्वा र तानसेन लगायतका स्थानका ग्राहकले इसेवाको प्रयोगप्रति आकर्षित बनेका छन् ।

पाल्पाका ग्रामीण क्षेत्रबाट महसुल बुझाउन एक दिन लाग्ने र ८० रुपैयाँको महसुल बुझाउन एक हजार भन्दा बढी खर्च हुने गरेको विद्युत् उपभोक्ताको गुनासो छ । इसेवा प्रयोगप्रति उनीहरुलाई सचेत बनाउन सके सदरमुकाम महसुलका लागि धाउनुपर्ने छैन ।

पाल्पामा विद्युत् प्राधिकरणका ३१,१६९ ग्राहक रहेका छन् । गत फागुन महिनामा मात्र १० करोड ७२ लाख ४० हजार ६ सय ६४ रुपैयाँ महसुल सङ्कलन भएको छ ।