सहकारीले आर्थिक समृद्धिसँगै सामाजिक परिर्वतनलाई पहिलो प्राथमिकतामा

राष्ट्रिय

पाल्पा–समृद्ध बचत तथा ऋण सहकारीले ६१औं सहकारी दिवसको अवसरमा लाइभ ब्लड बैक स्वघोषण कार्यक्रम सम्पन्न भएको छ ।

स्वघोषण कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोष, जिल्ला संयोजन तथा अनुगमन समिति पाल्पाका सदस्य सचिव कृष्ण दर्नालले सहकारीले आर्थिकसँगै सामाजिक क्षेत्रमा समेत सदस्य केन्द्रीत कार्य गर्नु प्रशंसनीय काम भएको बताउनुभयो ।

उहाँले सहकारीले आर्थिक समृद्धिसँगै सामाजिक परिर्वतनलाई पहिलो प्राथमिकतामा पारेकोले सहकारीको भविष्य राम्रो रहेको बताउनुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष चन्द्र नेपालीले समृद्ध सहकारीको माध्यमबाट व्यक्ति, समुदाय र समाज परिर्वतन गर्न सकिने बताउनुभयो । कार्यक्रममा वाणिज्य बैक पाल्पाका पूर्व म्यानेजर मित्रलाल नेपाली, स्वास्थ्कयकर्मी मनलक्ष्मी हेमचुरी, देउराली पत्रिकाका सम्वदाता यादव शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारीका व्यवस्थापक सुमन विश्वकर्माले हालसम्म सहकारीबाट भएका सम्पादित काम सार्वजनिक गर्नुभएको थियो । मनलक्ष्मी हेमचुरीले लाइभ ब्लड बैक स्वघोषण गर्नुभयो । स्वघोषण कार्यक्रमकी संयोजक मर्मत दर्नालले सहकारी सदस्यले ब्लडको अभावमा कसैले पनि दुख पाउन नपर्ने गरी ब्लडको व्यवस्था गरिएको बताउनुभयो ।