भैसीले दिनमा तीन पटकसम्म दुध दिन्छ

रामपुर रैनादेवी समाचार

पाल्पा-जिल्लाको रामपुर–६, विजयपुरमा व्यवसायिक भैसीपालनबाट मासिक डेढ लाख आम्दानी गर्न सफल बनेका छन् ।

रामपुरका स्थानीयबासिन्दा कृष्ण अर्यालले उन्नत जातका मुर्रा भैसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दुध बेच्न सफल हुनुहुन्छ । उहाँले दैनिक दुध बेचेर मासिक डेढ लाख आम्दानी गर्ने पुर्वी पाल्पाका नमुना किसान हुनुहुन्छ । अर्यालले करिब दश वर्षदेखि निरन्तर भैसीपालन व्यवसायमा आकर्षित बन्दै आउनुभएको छ ।

उहाँले उत्पादन गरेको दुध स्थानीय रामपुर बजार क्षेत्रमा खपत हुन थालेपछि भैसीपालन व्यवसायप्रति सन्तृष्टि हुनुहुन्छ । पैसा कमाउनका लागि विदेश भूमि चाहर्नेहरुका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनत अनुसार आम्दानी हुन्छ भन्ने नमुना बन्नुभएको छ ।  श्री कृष्ण उन्नत भैसी विकास तथा वीउ विजन उत्पादन स्रोत केन्द्र नाममा भैसी पालन गर्दै आउनुभएको छ । भैसीपालन केन्द्रमा भैसीको दुधसँग मुर्रा जातका भैसीका पाडापाडी समेत उत्पादन हुदँै आएको किसान अर्यालले बताउनुभयो ।

केन्द्रमा अहिले २२ ओटा मुर्रा भंैसी रहेका छन् । हाल ९ ओटा भैसी र २ ओटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैसीले तीन पटकसम्म दिनमा दुध दिदै आएको उहाँले बताउनुभयो । विहान ६ बजे, दिउसो १२ बजे र साँझ ६ बजेतिर पनि दुध दिन्छ, कहिले काहि दुहुन ढिला भयो भनी करायर संक्रेत गर्दै आएको अर्यालको भनाई छ ।

पचास रोपनी जग्गामा भैसीका लागि आवश्यकता अनुसार घाँस खेती गर्दै आएका छन् । जिल्लाको सवै भन्दा ठुलो भैसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको हो ।

आन्तरिक पर्यटकका लागि गन्तव्य बन्दै गएको छ । किसानहरुले गाईपालन गर्न थालेपछि व्यवसायिक रुपमा भैसीपालन गर्नेहरु निकै कम रहेकोले भैसीपालन गर्न चाहनेहरु अध्ययनका लागि आउने गरेको हुन ।

भैसीपालन केन्द्रमा घरपरिवार सहित अहिले पाँच जनाकोे रोजगार पाएका छन् । पाँच जना मध्य एक जना स्थानीयबासिन्दा रहेका छन् । स्थानीयबासिन्दा वीरबहादुर रामजालीले काम गरेर वापत मासिक १० हजार तलब पाउनुहुन्छ । केन्द्रले मासिक एक हजार सञ्चयकोषमा स्थानीय सहकारीमा जम्मा गरिदिदै आएको अर्यालको भनाई छ ।

स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भटटराईले बताउनुभयो । सहकारीको सहयोग कारण रामपुर क्षेत्रमा करिब सय भन्दा बढी युवाहरु पशुपालन व्यवसायमा आकर्षित बन्दै गएको उहाँले बताउनुभयो । पहिला दुधले बजार पाउन समस्या रहेपनि पछिल्ला वर्षमा रामपुरमा दुधको खपत हुदँै आएको उहाँले बताउनुभयो ।

सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुषहरु समेत पशुपालन गर्न जुटेका छन् । किसानहरुले दुध बेचेर ५० हजार देखि दश बाह्र लाखसम्म आम्दानी गर्दछन् ।
भैंसीका नाम पनि अनौठा
अर्यालका भैँसीको नाम निकै अनौठा रहेका छन् । भैसीका नाम नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र फोरम समेतका नाम रहेका छन् । यस्ता अनौठा नाम रहेका भैसीका फरक फरक विशेषता रहेका छन् । भैसी फर्ममा आउने मानिसहरुलाई दलका नाममा रहेका भैसी देखेर अनौठो मान्छन् ।
उन्नत जातका गाईपालन गर्नेहरु बढेका छन् ।  उन्नत जातका भैसी पालन गर्ने व्यवसायबाट प्रशस्त आम्दानी हुन थालेपछि युवा पुस्ताहरु पहाडी जिल्ला पाल्पामा पनि यस पेशाप्रति आकर्षित हुन थालेको छन् ।केही युवाहरु विदेश जान छाडेर तरकारी र पशुपालन क्षेत्रमा लागेको अर्यालले बताउनुहुन्छ । पाल्पाको रामपुर क्षेत्रमा बजार विस्तारसँगै तरकारी खेती, पशुपालन क्षेत्रमा युवाको आकर्षण बढेको छ ।