रामपुरका मुख्य सडकमा रेखाङ्कन

समाचार

पाल्पा-रामपुरका मुख्य बजारमा सवारी साधन व्यवस्थापनका लागि बजारका मुख्य सडकमा रेखाङ्कन गर्न थालिएको छ ।

बजारको साघुँरो सडकमा दुर्घटनाको जोखिम र अव्यबस्थित सवारी पार्किङलाई मध्यनजर गर्दै सडकका दुवै तर्पm रेखाङ्कन गर्न शुरु गरेको हो ।

रामपुर नगरपालिकाले प्रहरीसँगको समन्वयमा सडकका दुवै तर्पm केही भाग छोडेर रेखा कोरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुुभयो ।

पैदल यात्रीलाई सहज बनाउन, बजार आएका ग्राहकको मोटरसाइकल पार्किङलाई व्यवस्थित गर्न टट्कारो आबश्यक देखेर सिमा गराएका हौ–नगर प्रमुख थापाले भन्नुुभयो ।रामपुर नगरपालिकाको मुख्य केन्द्र बेझाँड बजार क्षेत्रका दायाँ वायाँ सडकमा कामदार लगाएर प्रहरीको रहोवरमा सडकमा पहेलो, सेतो रेखा कोरिएको छ । सडक दाँया वायाँका सटरको सिढीदेखि ६÷६ फिट छोडेर रेखा तानिएको छ ।

ट्राफिक नियमको पालना र बजार व्यबस्थित गर्न यसले महत्वपुर्ण भुमिका खेल्ने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक राजुु प्रसाद शर्माले बताउनुुभयो । सटरका व्यबसायीले सडक मिचेर व्यापार गर्दा पैदल हिड्नलाई पनि अफ्ठ्यारो भएको थियो शर्माले भन्नुुभयो– यस अभियानले सडक मिच्ने र बाटो साघँुरिने संभावना पनि घटेको छ ।

नगरपालिकाको रहोवरमा प्रहरीले केही दिन अघिदेखि बजारका मुख्य सडक क्षेत्रमा सडक मिचेर सामान राख्ने व्यापारीलाई सामान हटाउन आग्रह गरेको थियो । व्यबस्थित बजार र संभावित दुर्घटनाबाट जोगाउन यो अभियान राम्रो भएको स्थानियको भनाई छ । उनीहरुले नियमको पालना सबैलाई बराबर लाग्ने र यसको कडाईमा लाग्नुुपर्ने बताएका छन् ।