ट्रिपर दुर्घटनामा एकको मृत्यु

राष्ट्रिय

पाल्पा- पाल्पामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दिकोट–२ का देवेन्द्र लम्तरीक रहेका छन् ।

बुटवलबाट पाल्पा आउँदै लु १ ख ९००५ ट्रिपर सिद्धार्थ राजमार्गको झुम्सामा दुर्घटना हुँदा सहचालकको मृत्यु र अन्य ट्रिपरमा सवार ड्राईभर सहित अन्य ४ जना घाइते भएका छन् ।

उनीहरूको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । दुर्घटनामा नवलपरासीका चालक धनबहादुर गुरुङ्ग र तिनाउँ गाउँपालिका–३ का एकै परिवारमा ३ जना घाइते भएका छन् ।

तिनाउँ घाईते ताराबहादुर गाहा उनकी श्रीमती धनी गाहा र तीन वर्षीय छोरा रोशन गाहालाई उपचारका लागि बुटवल लगिएको छ। तीब्र गतिका कारण ट्रिपर दुर्घटना भएको अनुमान गरिएको छ । पाल्पामा ट्रिपरका कारण हलुका तथा पैदल यात्रुहरुले सास्त्री खेप्दै आएका छन् । अनियन्त्रित रुपमा ट्रिपर गुडाउदा दुर्घटना समेत बढेको छ ।