महत्वपूर्ण जडीबुटीे टिमुर लोप हुँदैँ, औषधिको रुपमा टिमुर

तिनाउ रामपुर समाचार
सेयर गर्नुहोस

पाल्पा-महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर पाल्पामा अहिले लोप हुन थालेको छ । टिमुर संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्सेनि टिमुरजन्य जडीबुटी लोप हुने अवस्थामा रहेको छ ।जिल्लाभर नै टिमुर पाइने र यसको मुल्य पनि राम्रो भएपछि जथाभावी रुपमा हागाँ काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । वनमा टिमुर पाइने भएपनि संरक्षणका अभियानहरु सञ्चालन हुन सकेको छैन ।

प्रशस्त आम्दानी हुनेपछि मानिसहरु टिपेर बजारमा बेच्न जुटेका छन् । नीजि वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा एक मानालाई तीन सय देखि चार सयसम्ममा विक्री हुर्दै आएपछि विना लगानी टिमुरको कारोबारमा मानिसहरु आकर्षित भएका छन् । टिमुर भदौ देखि कार्तिकसम्म टिपेर बेच्न सकिन्छ ।

रैनादेवी छहरा गाउपालिका–४, का श्रीकृष्ण आत्रेयका अनुसार सामुदायिक वनमा टिमुर प्रशस्त पाइने भएपनि त्यसको संरक्षण र प्रवद्र्धनमा ध्यान नदिदा टिमुर लोप हुने अवस्थामा रहेको छ । समुदायबाट नै संरक्षणको प्रयास भए टिमुरजन्य महत्वपूर्ण जडीबुटी फेरी संरक्षण गर्न सकिने छ । टिमुर छ मिटरसम्म अग्लो हुनसक्ने झाडी तथा सानो प्रकारको रुख हो । वनदेखि, खेतबारी र पछिल्लो समयर्मा हुर्काउन सकिने भएपनि व्यवसायिक खेती हुन नसक्दा उत्पादन वर्सेनि घटेको छ ।

रैनादेवी छहरा गाउपालिका–६, नम्वरमा वडामा टिमुर संरक्षणका लागि यस आवदेखि पाकेट क्षेत्र बनाउने योजनामा छ । यसको सरक्षण गरी टिमुर खेती गरेर स्थानीयलाई आर्यआर्जनमा सहयोग पुग्ने रैनादेवी छहरा गाउपालिका सामाजिक समितिका सदस्य विष्णुप्रसाद पोखरेलले बताउनुभयो । गाउपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार टिमुर खेतीलाई प्रोत्साहन स्वरुपमा अहिले एक लाखसम्म बजेट छुटाएको बताउनुभयो । टिमुर खेतीबाट स्थानीयले आयआर्जन मार्फत जीवीकोपार्ननमा सहयोग पुग्ने बताउनुभयो ।

औषधिको रुपमा टिमुर
टिमुरको बोक्रा तथा फल सेवनले अपच भएमा, हैजा, ग्याष्ट्रिक, पेटको गडबढी, जुका परेमा, कलेजोको लागि शक्तिवद्र्धक, पिसाव खुलाउन, कब्जियत, कप, पसिना निकाल्न ज्वरो घटाउन, रगत सफा गर्न, दात, टाउको दुखेमा औषधिको रुपमा प्रयोग गर्दै आएको स्थानीय बासिन्दा तिलक थापा बताउछन् ।

टिमुरका उपयोगिता
टिमुरलाई अचार तथा मसलको रुपमा अधिकाँशले प्रयोग गर्दै आएका छन् । फल तथा पातको धुलो दात माँझनका लागि समेत प्रयोग हुर्दै आएको पाइन्छ । टिमुर र नुन शरीरमा डलेरमा जुकाको टोकाइबाट जोखिन्छ । टिमुरको फल, बोक्रा र पात थिचेर माछा मार्नका लागि समेत प्रयोग हुन्छ । पछिल्ला समयमा टिमुरबाट सावुन मन्जनका रुपमा प्रयोग बढेको छ । कपडामा पोको पारेर टिमुर किटनाशक औषधिको रुपमा प्रयोग हुदै आएको स्थानीय बताउँछन् ।