टुकीको भरमा नगरका बासिन्दा

तानसेन तिनाउ
सेयर गर्नुहोस
पाल्पा-लद्युजलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयबासिन्दा टुकीको भरमा रात बिताउन बाध्य छन् ।बन्द लद्युजलविद्युत् आयोजना चारवर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयबासिन्दा अध्यारोमा बस्नुपर्ने बाध्यता छन् ।
टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र स साना बालबालिकाले पढ्न समस्या भएको छ ।स्याउलीबजारका स्थानीयबासिन्दा सुनिल श्रेष्ठले बन्द आयोजना बिग्रेको चारवर्षसम्म कहिकतैबाट मर्मतका लागि पहल हुन नसक्दा टुकीको भरमा रात बिताउनु पर्ने बाध्य नहटेको बताउनुभयो ।
स्थानीय खोलाबाट निकालेको विद्युुत्ले रातमा उज्यालो बनेको थियो । अहिले आयोजना मर्मत हुन नसक्दा फेरी ७५ घरपरिवार अध्यारोमा रात विताउनुपर्ने अवस्था टरेको छैन । लघुजल विद्युत आयोजना सञ्चालनमा आउन नसक्दा रेडियो, टेलिभिजन, मोवाइल, लाइट लगायतका सामान प्रयोगमा ल्याउन समस्या भएको छ ।
स्थानीयबासिन्दा दानस मल्लले साखदीखोला गडहर पेल्टीसेट पानी पनि सानो भएकोले आयोजना सञ्चालनमा समस्या भएको बताउनुभयो । विद्युत् क्षमता १.५ किलोवाट मात्र रहेको तर मानिसले बतीसँग मोवाइल र रेडियो, टेलिभिजनको समेत प्रयोग गर्दा विद्युत्ले धान्न नसकेर मेसिन बिग्रेको हो । स्थानीयबासिन्दाले मर्मतका लागि पैसा उठाउन नमान्दा र स्थानीय तहबाट सहयोग प्राप्त हुन नसक्दा मर्मत कार्य अधुरो रहदा अध्यारोमा बस्न बाध्य भएका छन् । मल्लका अनुसार रामपुर नगरपालिकाको विद्युतको पहँुचदेखि बाहिर रहेको वडाका रुपमा रामपुर १, लिन गर्दछन् ।
रामपुर नगरपालिका–१, मा करिब सात सय ५२ घरधुरी रहेको छ । जसमध्य ७५ घरपरिवारका लागि सञ्चालित आयोजना अहिले बन्द भएको छ । सिङगो वडामा ४० घरपरिवारको घरमा मात्र विद्युत् सुविधा रहेको स्थानीयबासिन्दा विष्णु थापाले बताउनुभयो । रातिको समयमा मोवाईल, रेडियो, लाइट लगायतका विद्युतीय सामानको प्रयोग गर्न पाउने तर, दिनभरि विद्युत हुदैँन ।
साखदीखोला लद्युजल विद्युत उपभोक्ता समितिले प्रतिबतीको मासिक ३० रुपैयाँ लिने व्यवस्था छ । वडाध्यक्ष मित्रलाल कडेलले यस आवमा विद्युत्का लागि वडाभरि नै सर्वे गर्ने काम सम्पन्न सकेको बताउनुभयो ।