पाल्पामा कफी खेतीतर्फ किसान आकर्षित हुदैँ

तिनाउ रामपुर राष्ट्रिय समाचार

पाल्पा-व्यवसायिक रुपमा कफी खेत गर्न थालेसँगै किसानको जीवन स्तर फस्टाएको छ । कफीको राम्रो आम्दानी हुन भएपछि कफी खेतीमा किसान आकर्षित हुदैँ आएका छन् ।

करिब १ हजार किसान कफी खेतीबाट आम्दानी गर्न सफलता पाएको हो । पाल्पाबाट ३३ टन कफी जिल्ला बाहिर निर्यात भएको छ । पिउन योग्य गरी प्रशोधन गरिएको कफीलाई प्रतिकिलो १ हजार २ सय रुपैयाँमा विक्री हुदैँ आएको छ ।

तानसेन नगरपालिका ५ बराङ्दीस्थित सिद्धबाबा कफी उत्पादन सहकारी संस्थाका अध्यक्ष तथा कफी किसान बलभद्र पौडेलले अनुसार कफी खेतीबाट स्थानीयबासिन्दाले वार्षिक ५० देखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो । गत आवमा पाल्पाबाट २५ टन पार्समेन्ट र आठ टन ड्राइ आर्गनिक कफी निर्यात काठमाडौं भएको हो ।

पाल्पामा उत्पादित कफी नेपाल अर्गानिक कफी प्रोडक्सन र हाइल्याण्ड कफी प्रोडक्सन काठमाडौले निर्यात गर्दै आएको छ । कफी नेपाल अर्गानिक कफी प्रोडक्सनले नेपालभित्र कफी निर्यात र हाइल्याण्ड कफी प्रोडक्सन काठमाडौले नेपालमा उत्पादित आर्गनिक कफीलाई अमे्ररिका निर्यात गर्दै आएको छ । पाल्पामा उत्पादित कफी अमे्ररिकामा समेत निर्यात हुर्दै आएको कफी सहकारी जिल्ला संघको व्यवस्थापनक कमलराज खनालले बताउनुभयो ।

पाल्पाका पश्चिमी भेगका बल्ढेगढी, सत्यवती, पाल्मैनादी, देउराली, खस्यौली र पुर्वी पाल्पाको ताहु, रुप्से, ज्यामिरे लगायतका स्थानमा सहकारी मार्फत कफी उत्पादन हुदै आएपछि पाल्पा कफी व्यवसाय फस्टाएको छ ।

वगैचा व्यवस्थापन, व्यवसायिक बन्न प्रोत्साहन, शेयर सदस्यका लागि ३० हजार विनाधिता कर्जा प्रदान गर्न थालेपछि यस क्षेत्रका किसानहरु सहकारी मार्फत कफी खेती गर्न जुटेका छन् । अध्यक्ष पौडेलमा अनुसार पछिल्ला वर्षमा कफीमा गोवारोले किसानलाई समस्या बनाएको छ ।

सहकारी मार्फत ३० क्वीन्टल रातो चेरी कफी संकलन भएको र पहिलो र दोसो चरणमा प्रशोधन समेत सहकारी मार्फत नै हुने गर्दछ । साठी किलो पिउन योग्य कफी गाउबाट विकी हुदै आएको उहाँको भनाई छ ।