बाबुराम र प्रचण्डद्धारा माओवादीलाई धोका

तिनाउ राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा–नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्ला इन्चार्ज सामनाले माओवादी केन्द्र एमालेमा विलय हुदैँ गएको बताउनुभएको छ ।

माओवादीका कमाण्डर बाबुराम र प्रचण्डले देशलाई धोका दिएको आरोप लगाउनुभयो । माओवादी सानो पार्टीबाट ठुलो पार्टी बन्दै अहिले पतन भएको बताउनुभयो ।  अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)पाल्पाद्धारा आज पत्रकार सम्मेलनमा नेकपाले एकीकृत जनक्रान्ति आवश्यकता रहेकोले पाल्पाको दश ओटा स्थानीय तहमा नै आफुहरुले नागरिक सचेत बन्दै गएको बताउनुभयो ।

अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) पाल्पाका अध्यक्ष मुक्ति गैरे शैक्षिक माफीयाहरुलाई कारबाही हुने चेतावानी दिनुभएको छ ।

उहाँले नीजि तथा संस्थागत विद्यालयले चर्को शुल्क असुली गर्ने, पुस्तक देखि पोसाकसम्म कमीसनको खेलमा रमाउने लगायतका विकृतिमय बनाउने विद्यालयलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले सामुदायिक स्तरमा सञ्चालन विद्यालयलाई सहयोग गरी अघि बढ्ने बताउनुभयो ।

प्राविधिक शिक्षा लागु गरेर स्वदेशमा नै स्वरोजगार बन्ने बातावरणमा लागि वैज्ञानिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।