महायज्ञबाट ७६ लाख आम्दानी

रामपुर राष्ट्रिय

दयाराज न्यौपाने
पाल्पा- बगनासकाली गाउँपालिका- ८ बराङ्दीमा सञ्चालन भएको ‘शिवपुराण तात्विक ज्ञान महायज्ञ एवम धार्मिक अनुष्ठान २०७४ बाट ७६ लाख ४२ हजार ८ सय ९८ रुपैयाँ बचत भएको छ ।

बराङ्दीमा आयोजित अनुष्ठानको आयव्यय सार्वजनिक तथा समिक्षा कार्यक्रममा आय व्याय बिवरण प्रस्तुत गर्दै मोतीलाल बस्यालले कूल १ करोड ११ लाख ४२ हजार ८ सय ९८ रुपैयाँ आम्दानी भएकोमा ३५ लाख रुपैया खर्च भएर सो रकम बचत भएको बताउनु भयो ।

समीक्षा कार्यक्रमका प्रमुख अतिथी बगनासकाली गाउँपालीकाका प्रमुख कृष्ण प्रसाद बस्यालले धार्मिक गन्तव्यको रुपमा शिवासन धामलाई बिकास गर्ने आफ्नो सहयोग रहने बताउदै कामको गति सही हुदाँ हरेक काम सफल हुने कुरामा बिश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका- ८ बराङ्दीका बडा अध्यक्ष गणेश प्रसाद बस्याल, दुवई समितीका संयोजक धनु श्रेत्री, उमाकला न्यौपाने, पत्रकार यज्ञमूर्ति तिमिल्सेना लगायतले बोल्दै महायज्ञको आय व्याय बिवरण समयमै र पारदर्शी रुपमा संचालन गरी प्रस्तुत गरेको भन्दै अभार व्यक्त गर्नु भएको थियो ।

पाल्पा र यस आसपासका क्षेत्रहरुको धार्मीक र साँस्कृतिक पहिचानलाई सुनिश्चित गर्न, आन्तरिक पर्यटकहरु अभिवृद्धि गर्न अनुष्ठानले टेवा पुगेको शिवासन धाम नेपालका अध्यक्ष माधव बस्यालले बताउनुभयो । ज्ञान महायज्ञबाट उठेको रकमले धार्र्मिक प्रबद्र्धन हुने क्रियाकलाप संचालन, मन्दिर निर्माण सगै ।

स्थानीय धार्र्मिक पर्यटनको बिकासमा लगाउने महासचिव पिताम्बर बस्यालले बताउनु भयो । माघ २१ देखि फागुन २ सम्म सञ्चालन भएको शिवपुराण तात्विक ज्ञान महायज्ञ एवम धार्मिक अनुष्ठानले जिल्लाको धार्मिक आर्थिक, सामाजिक विकासमा टेवा पुग्नुका साथै धामको रुपमा बिकास गर्ने सहजता भएको मुल आयोजक समितिका संयोजक बिष्णु प्रसाद बस्यालले बताउनु भयो ।

शिवपुराण तात्विक ज्ञान महायज्ञ एवम धार्मिक अनुष्ठानमा २ लाख बढी श्रदालु भक्त्तजनहरुले प्रत्यक्ष अवलोकन तथा कथा श्रवण गरेका थिए ।