चिफ्ले किरा लोप हुने अवस्थामा

रिव्दीकोट रैनादेवी वगनासकाली

पाल्पा- चिफ्ले किरा औषधिको रुपमा प्रयोग हुन थालेपछि यसको अवैध निकासीका कारण लोप हुने अवस्थामा छन् ।

समुन्द्र सतहबाट १४ देखि झण्डै १८ सय मिटर उचाईमा पाइने हाड नभएकोे (मालस्का) प्रजातिको चिफ्ले (भावली किरा) औषधिको प्रयोगका कारण अवैध निकासी हुदा लोप हुन पुगेको छ ।

जिल्लाको मुझुङ्ग, छहरा, फेक, बल्ढेङ्गगढी, सत्यवती, जुठापौवा, ताहु, हुमीन, जल्पा लगायतका गाविसमा पाइने चिफ्ले किरा पहिला पाइने भएपनि अहिले देख्न समस्या भएको पाल्पा पिपलडाडाका लिला बस्यालले बताउनुहुन्छ ।

दुधमा मिसाएर खादा शरीरलाई शक्ति दिने, यौन शक्ति बढाउने र हातखुट्टा भाँचिदा खादा छिटो हाड जोडिने भएकाले यसको अवैध निकासी हुने गरेको बस्यालले बताउनुहुन्छ ।

किरालाई दाउरोले घोचेर घाममा राख्ने र पछि सुकेपछि बुटबल लगेर एउटालाई ५ देखि १५ रुपैयामा बेच्ने अवैध रुपमा बेच्ने गरेको पाइन्छ । साउन देखि कार्तिक सम्म जमिनमा देखिने भएपनि अहिले यस्ता जीव देख्न छाडेको दुई तीन वर्ष हुन लागेको मुझुङ्गका हेमन्त गहतराजले बताउनुहुन्छ ।

खोला तथा नदीको बग्ने स्थान र गर्मी स्थानमा समेत यस्ता प्रजातिका चिफ्ले किरा नपाइने भएकाले गर्मी ठाउँका मानिसहरूले महग्रो मूल्यमा किनिदिदा गाउँ घरमा यस्ता किराहरू अहिले लोप भएका हुन ।