विकास निर्माणका युवाको सहभागीताका विषयमा छलफल

तिनाउ

पाल्पा– वाइसियल पाल्पाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको पाटी एकता अहिले आवश्यता रहेको निष्कर्ष निकालेको छ । वाइसियल पाल्पा वाइसियल पाल्पाको शुक्रबार तानसेनमा बसेको बैठकले सामाजिक हितमा वाइसियलले काम गर्ने जनाएको छ । पाटी एकता, वर्तमान राजनीति र विकास निर्माणका युवाको सहभागीताका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेकपा माओवादी पाल्पाका इन्चार्ज नेत्र प्रसाद पाण्डेय, केन्द्रीय सदस्य राम बहादुर गंरजा, वाइसियल अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतले देशको विकासमा युवा सक्रियता हुनुपर्नेमा बताउनेभयो ।