किसानलाई आत्मनिर्भर बनाउन मिनिटिलर हस्तान्तरण

रामपुर राष्ट्रिय समाचार

पाल्पा–बगनासकाली गाउपालिकाले खेतबारी जोत्नका लागि किसानलाई अनुदानमा मिनिटिलर वितरण गरेको छ ।

कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउने र किसानलाई आत्मनिर्भर बनाउनका लागि मिनिटिलर हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्षले कृष्ण बस्यालले किसानलाई आधुनिक हलो मिनिटिलर हस्तान्तरण गर्नुभयो । पछिल्ला वर्ष बगनासकाली गाउपालिकामा तरकारी खेतीप्रति युवाहरु आकर्षित बन्दै गएका छन् ।