मंगलबार, आश्विन १३, २०७७
Home > रिव्दीकोट > मोही पिउनुका फाईदाहरु

मोही पिउनुका फाईदाहरु

रिव्दीकोट रैनादेवी

 जाडोको मौसम विस्तारै सकिदैँछ र गर्मीको मौसमले सुरु हुँदैछ । गर्मीमा आफूलाई सकेसम्म चिसो राख्न हामीसबैले विभिन्न उपायहरु अपनाउँछौँ । मौसममा फ्रूट जूस पिउन पनि धेरैले रुचाउँछन भने केहीलाई चिसो लस्सी, केहीलाई कोल्ड कफी र केहीलाई कागती पानी मनपर्छ भने केहीलाई मोही पिउन मनपर्छ ।

गर्मीमा राहत पाउनका लागि सबैभन्दा राम्रो पेय पदार्थ भनेको मोही हो । मोहीको गुणको बारेमा आयुर्वेदमा पनि व्याख्या गरिएको छ । दही र पानीको सन्तुलित मात्रामा तयार गरिने मोही गर्मी मौसमको लागि सबैभन्दा उत्तम पेय पदार्थ हो ।

कसै कसैलाई गुलियो मोही मन पर्छ भने कसैलाई विरे नुन, पुदिना, जिराको धुलो र चाट मसाल राखेर बनाइएको मोही पिउन मन पर्छ । गाउँ घरमा तिर्खा लाग्दा अझै पनि मोही पिउने चलन छ।

मोही पिउनुका फाईदाहरु-

१) शरीरको तापक्रमलाई सँधै निन्यत्रणमा राख्न मद्दत गर्छ ।
२) पाचन क्रिया सँधै राम्रो बनाइ राख्छ ।
३) धेरै मसालेदार खाना खाइसकेपछि हुने जलन र एसिडिटीमा राहत दिलाउँछ ।
४) खाना खाइसकेपछि मोही पिउनाले शरिरमा अतिरिक्त बोसोलाई जम्न दिदैँन ।
५) क्याल्शियम, प्रोटीन, भिटामिन बी र पोटाशियमको गुणले भरपुर हुन्छ ।
६) छालालाई चम्किलो बनाउनमा सहयोग गर्छ । मोहीको नियमित सेवनले छाला कोमल र मुलायम बनि रहन्छ ।