प्रदूषण नियन्त्रण सरोकार समिति

समाचार
सेयर गर्नुहोस

पाल्पा-दोभान क्षेत्रको धुलो, धुंवा र ध्वनी लगायत नियन्त्रण गर्ने उद्देश्यले स्थानीय डिल कुमारी रोका मगरको संयोजकत्वमा “तिनाउ प्रदूषण नियन्त्रण सरोकार समिती”, तिनाउ गठन गरिएको छ ।

समितिले समस्याहरुलाइ समाधान गर्दै दोभान क्षेत्रलाई दीर्घकालीन रुपमा प्रदूषण मुक्त बनाउने उद्देश्य राखेको छ । तत्कालका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा प्रवेश द्वार देखि पानीमिल सम्म धुलो नियन्त्रण गर्नका निम्ति चैत्र १० देखि १३ गतेसम्म स्थानीय उपभोक्ताहरुको सहभागिता र तिनाउ गाउँ पालिका अन्तर्गत ३ नं. वडा कार्यालय, सामुदायिक वन समन्वय समिती, लगायतको सहयोगमा सडक सफाइ गर्ने निर्णय समितिले गरेको छ ।  

त्यसैगरी पानीमिल देखि पाल्पा प्रवेश द्वार (तल्लो सिद्धबाबा) सम्म दिनको दुइपटक पानी छर्कनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने र भत्किएका सडक तत्काल मर्मतका निम्ति सडक डिभिजन कार्यलयलाइ ध्यानाकर्षण गराउने समेत समितिले निर्णय गरेको छ । 

 अर्घाछाप सामुदायिक वन अन्तर्गत डुंडीगैह्रामा सुबिधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने र पूर्वनिर्मित शौचालयहरुलाइ प्रभावकारी बनाउने निर्णय पनि समितिले गरेको छ ।

समितिमा अमर प्रधान, दल ब.गुरुङ, महेन्द्र पाण्डे, नीर ब. बि.क., गंग ब.पुन, गोविन्द पाण्डे, कृष्ण बाह्रघरे, कृष्ण पाण्डे र विष्णु पाण्डे सदस्यहरु रहेका छन् । त्यसगरी तिनाउ ३ नं. वडाअध्यक्ष प्रेम पाण्डे, यादव बस्याल र टुकामाया थापा सल्लाहकार रहेका छन ।