बिहिबार, आश्विन १५, २०७७
Home > रिव्दीकोट > थाहा छ, भिन्डीका फाईदाहरु ?

थाहा छ, भिन्डीका फाईदाहरु ?

रिव्दीकोट रैनादेवी वगनासकाली

भिन्डी एक स्वादिष्ट सब्जी हो । भिन्डीमा क्याल्सियम पोटाशियम, म्याग्नेशियम ,फोस्फोरस, आईरन भरपुर मात्रामा पाउन सकिन्छ । । खेती सुरु गरेको न्यूनतम ४५ देखि अधिकतम ६० दिनभित्र यसले उत्पादन दिन सुरु गर्छ । मौसम राम्रो भए करिब ६ महिना निरन्तर उत्पादन दिन सक्छ । आज हामि भिन्डीको बारेमा केहि फाईदाहरुको चर्चा गरेका छौ ।

– भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ ।
– भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।
–  गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।
–  भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् ।
–  भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ ।
–  आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
–  भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ ।
–  भिन्डी खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
– भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।
–  भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।
–  भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।
–  आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।
–  भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन ।
–  रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।
–  भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पु¥याउँछ ।