काफलबुटामा आयुर्बेद स्वास्थ्य इकाई सञ्चालन

समाचार

पाल्पा- जिल्लाको रैनादेवी छहरा गाँउपालिका-४ को काफलबुटा आयुर्बेद स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउपालिका अध्यक्ष रामबहादुर कार्कीले इकाईको उद्घाटन गर्नुभयो । पछिल्ला समयमा मानिसहरु आयुर्वेदिक औषधिको प्रयोग गर्ने बढेकोले सोही अनुसार सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष चेतना सारु, प्रशासकीय अधिकृत थानेश्वर पराजुली लगाउतका उपस्थिति रहेको थियो ।