मौरीपालनबाट आत्मनिर्भर बनाउन अनुदान

तानसेन रामपुर

पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकाले मौरीपालन पेशाबाट आत्मनिर्भर बनाउन अनुदानमा सामाग्री वितरण गरेको छ ।

किसानलाई कृषि समन्वय इकाई खस्यौली पाल्पाको कृषि प्रसार कार्यक्रम अन्तर्गत अनुदानमा मौरी (५० घार) तथा गोला, टोपी, पन्जा सहितको कृषि सामग्री वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले मौरीपालन गर्ने किसानलाई सामाग्री हस्तान्तरण गर्नुभयो । किसानहले अनुदानमा मौरी पालनका लागि सामाग्रीहरु पाएपछि खुसी हुनुहुन्छ ।

हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, कृषि शाखाको कृषि सयोजक लबकुश प्रसाद कुर्मी लगायतको सहगाीता रहेको थियो । गाउपालिकाले मौरपिालन व्यवसायबाट किसानलाई स्वरोजगार बनाउदै लैजाने योजना अघि बढाएको छ ।