शनिबार, आश्विन १०, २०७७
Home > समाचार > राष्ट्रिय > एसइइमा पाल्पाबाट ५ हजार ५८ विद्यार्थी सहभागी

एसइइमा पाल्पाबाट ५ हजार ५८ विद्यार्थी सहभागी

राष्ट्रिय समाचार

पाल्पा-आजदेखि शुरु हुने यसवर्षको एसइइ परिक्षामा पाल्पाबाट ५ हजार ५८ विद्यार्थी सहभागी हुने भएका छन् ।

जसमा नियमिततर्फ ४ हजार ९ सय ४६ र एक्जामटेड तर्फ १ सय १२ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा १ सय ११ सामुदायिक विद्यालय, २० सँस्थागत तथा १ खुल्ला गरि १ सय ३२ विद्यालयका विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।

२५ वटा परिक्षाकेन्द्र रहेको पाल्पामा २५ केन्द्राध्यक्ष, २८ सहायक केन्द्राध्यक्ष, २ सय १७ निरिक्षक, १ सय १४ कार्यालय सहयोगी, ३ सय ७५ सुरक्षाकर्मि परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी सँगिता रेग्मीले जानकारी दिनुभएको छ । यसैविच रामपुर नगरपालिकामा पनि परिक्षाको सम्पुर्ण तयारी पुरा भएको विभिन्न परिक्षाकेन्द्रले जनाएका छन् ।

३ वटा परिक्षाकेन्द्र रहेको रामपुरमा रामतुल्सी माध्यामिक विद्यालय परिक्षाकेन्द्रबाट ७ वटा विद्यालयका ३ सय ४५ जना, दरैठाटी माध्यामिक विद्यालय केन्द्रबाट ७ वटा विद्यालयका ३ सय २० जना, जनविकास माध्यामिक विद्यालय केन्द्रबाट ८ वटा विद्यालयका १ सय ८५ जना परिक्षार्थी सहभागी हुने नगरशिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभएको छ । यसवर्ष पाल्पामा १ सय ७ जना विद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् ।

७५ प्रतिशत हाजिरी नपुगेको, १४ वर्ष पुरा नभएका कारण परिक्षा दिनबाट बन्चित हुने भएका हुन् । अपाङगता भएका व्यक्तिलाई छुट्टै स्थानमा वसेर परिक्षा दिने प्रवन्ध मिलाइएको छ ।– सिर्जना घिमिरे