दशौ राष्ट्रपति रनिङ्ग प्रतियोगीता हुने

तानसेन पूर्वखोला

दयाराज न्यौपाने

पाल्पा–जिल्ला खेलकुद बिकास समितीको आयोजनामा दशौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता हुने भएको छ । प्रतियोगीता अन्र्तगत क्षेत्र र जिल्ला स्तरीय छनोट खेल आगामी चैत्र २५ गतेबाट तानसेनमा सुरु हुने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले क्षेत्र र स्थानीय तहबाटै खेलाडी छनोट कार्यले खेल बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै सहभागीता र प्रर्दशनसंग सगै लैजानु पर्ने बिचार व्यक्त गर्नु भएको थियो ।

आगामी २५ र २६ गते पाल्पाका २ बटा क्षेत्रमा क्षेत्रीय छनोट प्रतियोगीता हुने र २७ र २८ गते तानसेन टुडीखेल खेलमैदानमा जिल्ला स्तरीय छनोट प्रतियोगीता गर्ने बैठकमा निर्णय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करणा काफ्लेले जानकारी दिनु भयो ।

छनोट प्रतियोगीतमा कवड्डी महिला पुरुष, तेक्वान्दो डव्लु.टि एफतेक्वान्दो, आई.टि एफ एथलेटिक्स (महिला पुरुष) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मिटको हुनेछ ।

त्यसैगरी हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ×४ रिले र २००×४ रिले र ४०० ×४ रिलेकराते महिल पुरुष, भलिबल महिला पुरुष, उस्सु महिला पुरुष डेमास्टे«न लगायतका खेल बिधामा माध्यमिक तहमा अध्यान गर्ने बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यलय प्रमुख तारा बहादुर थापाले बताउनु भयो ।

दशौ राष्ट्रपति रनिङ्ग शिल्ड आयोजक समितिका अध्यक्ष तथा जिल्ला शिक्षा समितिका अध्यक्ष दयाराज बस्यालको अध्यक्षतामा बैठक चलको थियो ।