मृत्युमार्गलाई जीवनमार्गका रुपमा स्थापित गर्ने

तिनाउ राष्ट्रिय

पाल्पा–प्रदेश नम्वर ५ का साँसद वीरबहादुर रानाले प्रादेशिक संरचनालाई सवैभन्दा चुस्त र दुरुस्त बनाउनेतर्फ प्रदेशसाँसदको भूमिका रहने बताउनुभएको छ । पाल्पापाटीसँग कुराकानीमा स्थानीय सरकार, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेको अवस्था प्रदेशलाई चुस्त दुरुस्त बनाउनका लागि कानुन निर्माण गर्ने काम हुने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस, पाल्पाका सभापति समेत रहनुभएका रानाले यो प्रदेश ऐतिहासिक धरोहरा र प्राकृतिक सम्पदा प्रचुर सम्भावना रहेको यसको संरक्षण र प्रवद्र्धन गरी उचित रुपमा प्रयोग गर्न सकेको अवस्थामा प्रदेश नम्वर पाँचलाई नमुना प्रदेश बनाउन सकिने उहाँले बताउनुभयो । भौतिक विकासको सँगसगै हरेक नागरिकको सामाजिक, आर्थिक, शौक्षिक स्तर माथि नउठ्दासम्म समाज विकास सम्भव नभएकोले नागरिकको जीवनस्तर उकास्दै यो प्रदेशको भौतिक विकासमा लाग्नुपर्ने रानाको भनाई छ ।

पाल्पा–बुटबल सडक सिद्धबाबा क्षेत्रकोे कारण पाल्पामा ओझेलमा परेको । सिद्धार्थराजमार्ग बुटबलबाट उत्तरतर्फ जाने यो मृत्युमार्गलाई जीवनमार्गका रुपमा स्थापित गर्ने सोचका साथ अघि बढ्ने बताउनुभयो । मृत्युमार्गलाई जीवनमार्गका रुपमा स्थापित गर्नका लागि सिद्धबाबा क्षेत्रको सडकको विकास र विस्तारका लागि वैकल्पिक सडकको खोजी गर्ने, सिद्धबाबा क्षेत्रको जोखिम कम गर्ने काम थालनी भइसकेको र हाम्रो प्रमुख उद्देश्य नै सिद्धबाबा क्षेत्रको सडकका कारण यात्रुले अकालमा ज्यान नगुमाउन भन्ने हो ।

सिद्धबाबाको सडकलाई जीवनमार्ग बनाउनका लागि आफ्नो प्रमुख भुमिका रहने रानाले बताउनुभयो । तानसेनमा खानेपानीको प्रक्रिया अघि बढेको छ । पाल्पाबाट बर्षेनि तराईतर्फ बसाईसराई गर्न बाध्य हुनेहरुलाई खानेपानी, सडक, शिक्षा, रोजगार लगायतका नागरिकका आधारभुत समस्या समधान गरी पाल्पालाई नमुना बनाउनेतर्फ गतिविधि अघि बढ्ने छन् ।

पाल्पा जिल्लाभित्र प्रशस्त चुनढुङगा, कोइला खानी रहेका छन् । प्राकृतिक सम्पदाहरुको समुचित रुपमा प्रयोग जनतालाई लाभ लिने केन्द्रीकृत राज्यव्यवस्थामा केन्द्रबाट अनुमति लिने, स्थानीयबासिन्दाले कुनै लाभ लिन नसक्ने व्यवस्था रहेकोमा अब जनताका सहभागीता बढाउने र स्थानीयबासिन्दाले नै स्थानीय स्रोत र साधनबाट फाइदा लिन सक्ने उहाँको दावी छ ।