नवलपरासीको धार्मिक पर्यटकीय गन्तव्य खोज्दै पाल्पाली

रामपुर राष्ट्रिय रिव्दीकोट समाचार

पाल्पा–आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेन सहकारीका जेष्ठ सदस्यलाई एक दिने अवालोकन भ्रमण गराएको छ । सहकारीमा आबद्ध जेष्ठ नागरीकलाई नवलपरासीको त्रिवेणी र शातश्वेत धाम (सिजि)को भ्रमण गराएको हो ।

२५ जना जेष्ठ सदस्या सहित ४० जनाको टोलि अवालोकनमा गएको थियो । भ्रमणमा जेष्ठ नागरीक , उत्कृष्ट ऋण, सञ्चालक सदस्याहरु र कर्मचारीको टोली अवलोकनमा गएको भ्रमण कार्यक्रमका संयोजक सरोजलाल शाक्यले जानकारी दिनु भयो ।

आनन्द बचत तथा ऋण सहकारीका अध्यक्ष सरजुलाल शाक्यले भ्रमणको उद्धेश्य माथि प्रकाश पार्दै सहकारीले अन्य सहकारीको तुलनमा फरक काम गर्नुपर्दछ भन्ने मान्यताले सहकारीका जेष्ठ सदस्यलाई तिर्थयात्राको कार्यक्रम गरिएको बताउनु भयो ।

सधै घरायसी काम सिमित सदस्यलाई केहि नयाँ अनुभव प्रदान गर्न अवलोकन भ्रमण गराइएको अध्यक्ष शाक्यले बताउनु भयो । विस २०६७ सालमा स्थापना भएको आनन्द बचत तथा सहकारीले जिल्लामा फरक किसिमको गतिविधि गर्दै आएको छ ।