सीप सिकेर स्वरोजगार बन्न निःशुल्क तालिम

तानसेन रामपुर

पाल्पा–घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा निःशुल्क तीन महिने प्लम्विङ्ग तालिम आजदेखि तानसेनमा सुरु भएको छ । तानसेन नगरपालिकाको समन्वय र करियर ग्रुप नेपालको प्राविधिक सहयोगमा तानसेन नगरपालिका आसपासका क्षेत्रका बेरोजगार युवाहरु तालिममा सहभागी बनेका छन् । तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले तालिमको उद्घाटन गर्दै दक्ष कामदार उत्पादन गरी रोजगार स्वरोजगारका कार्यक्रम सिर्जना गर्न तालिम फलदायी हुने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले शहरीकरणका कारण तालिमपछि प्रशस्त रोजगारको सिर्जना गर्न सकिने बताउनुभयो । सिप सिकेका युवाहरुले पछिल्ला वर्ष आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । करियर ग्रुप नेपाल, पाल्पाका प्रवन्ध निर्देशक धनु रुचालले तालिमपछि बेरोजगारको समस्या समधानमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।