नेतालाई जनयुद्ध अंकित मायाको चिनो

तिनाउ राष्ट्रिय समाचार

पाल्पा–नेकपा माओवादी केन्द्र पाल्पाले जिल्लाका विभिन्न दलका नेताहरुलाई दशवर्षे जनयुद्ध अंकित मायाको चिनो प्रदान गरेको छ ।

माओवादी पाल्पाका इन्चार्ज नेत्र प्रसाद पाण्डेयले रापप्रा प्रजातान्त्रिकका केन्द्रीय सदस्य डुलबहादुर कुवर नेकपा एमाले पाल्पाका पुर्व अध्यक्ष राधाकृष्ण कडेल, मन्त्री कुलप्रसाद केसी, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसाँसद तुलाराम घर्ती, जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराम बस्याल, नेकपा एमालेका पूर्वअध्यक्ष राधाकृष्ण कडेल लगायतलाई जनयुद्धको मायाको चिनो प्रदान गरेको हो ।

नेकपा माओवादी केन्द्र पाल्पाले दश वर्षे जनयुद्धका सहिद परिवार, घाइते, अपाङ्ग तथा जेलयातना भोगेका कार्यकर्तालाई शनिबार तानसेनमा सम्मान गरेको छ । कार्यक्रम प्रदेश नम्वर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभयो । उहाँले सहिद, घाइते, अपाङ्ग तथा जेलयातना भोगेकाहरुले देखेको सपना साकार सपना साकार पार्न आफु लागि पर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसाँसद तुलाराम घर्तीले माओवादी जनयुद्धले देशमा ठूलो राजनीतिक परिर्वतन आएको बताउनुभयो ।  दश वर्षे जनयुद्धका सहिद, घाइते, अपाङ्ग तथा जेलयातना भोगेका कार्यकर्ताको बलमा देशमा ठुलो रुपान्तरण देख्न पाएको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेयको अध्यक्षता र नेता वीरबलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

मन्त्री कुलप्रसाद केसी, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसाँसद तुलाराम घर्ती, जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराम बस्याल, नेकपा एमालेका पूर्वअध्यक्ष राधाकृष्ण कडेल, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुवरले सहिद परिवार, घाइते, अपाङ्ग तथा जेलयातना भोगेका माओवादी कार्यकर्तालाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । माओवादीका जिल्ला इन्चार्ज पाण्डेयले कार्यक्रमका अतिथिहरुलाई माया चिनो प्रदान गर्नुभयो ।
–––