भालेवासमा धार्मिक तथा पर्यटकीय स्थान

राष्ट्रिय समाचार

पाल्पा-भालेवासमा धार्मिक तथा पर्यटकीय स्थान बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत पर्न बुटवल तानसेन सडकको भालेवासमा धार्मिक तथा पर्यटकीय स्थाल बनेको हो ।  फालिएको सार्वजनिक जग्गामा धार्मीक तथा पर्यटकीय स्थान निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बिस्तारै बढेको हो ।

खेर गएको सार्वजनिक जग्गालाई ३३ कोटी पाल्पा धाम तथा पर्यटकीय स्थल बनाउने व्यक्ति हुन् केशव कार्की । सोही स्थानमा बसोबास गर्ने केशव पछिल्लो समयमा आफ्नै स्थानलाई धार्मिक तथा पर्यटकीय स्थान बनाउन लागेका छन् । केशवले यहाँ धेरै मुर्ति आकृति भएको ढुङ्गा देखेपछि यो ठाउँलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउने अभियान शुरु गरेका थिए । त्यहाँ ७० मिटरको एउटै ढुङ्गगा छ जहाँ ३३ कोटी देवि देउताको मूर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको  र धार्मिक तथा पर्यटकीय स्थल बन्ने सम्भावना पनि भएको कार्कीले बताए ।

भालेवासमा अहिले सम्म करिब २ करोड बजेटमा धार्मीक तथा पर्यटकीय स्थलको निर्माण भएको छ । यो बजेटलाई बढाएर ५ करोड सम्मको बजेटमा धार्मिक तथा पर्यटकीय स्थानको निर्माण गर्ने कार्कीले बताए ।
पाल्पा जिल्लाका सरकारी तथा गैरसरकारी संघ सस्था,स्थानीय वासिन्दा र आफ्नै लागानिमा पर्यटकीय स्थानको निमार्ण गरि रहेको कार्कीले बताए ।

यस भालेवासमा हालसम्म ५ फिट अग्लो र १२ फिट भन्दा लम्बाई भएको ढुङ्गाको हात्ती,कछुवा मानव,हनुमानको मूर्ति, शिव लिङ्ग, शिव पार्वती र गणेशको मूर्ति, सेल्फी फुल, रातो भाले, बोटिङ्ग मार्ग,चिल्ड्रेन पार्क, घोडा सफारी, रक्तकालीको मुर्ति, रक्तकालि झरना,पिकनिक स्पोर्ट निर्माण भैसकेको छ । पहिलो चरणमा नेपालको नमुना कृर्षि रिर्सोट बनाउने कार्कीले बताए ।