बिहिबार, आश्विन १५, २०७७
Home > समाचार > हराएकी महिलाको शव भेटियो

हराएकी महिलाको शव भेटियो

समाचार

पाल्पा- जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ ।

शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

यही फागुन १४ गतेदेखि हराएकी हिताङ्ग बुधबार स्थानीय खोलाको पानीमा डुबेको अवस्थामा भेटिएको प्रनाउ घिमिरेले बताउनुभयो ।