तामाका भाडा बनाउने पेशा लोप हुदैँ

रामपुर

पाल्पा–ग्रामीण तथा सहरी क्षेत्रमा तामाका भाडा बनाउने पेशा लोप हुदैँ गएको छ ।

मेसिनद्धारा उत्पादित भाडाको प्रयोगले तामाका गाग्री, ताउला, अगरा, थाल लगायतका घरमा प्रयोग हुन साम्रागीका उत्पादन हुन छाडेको हो । तामाका बस्तुहरुले बजार पाउन छाडेपछि तामाका भाडा बनाउने आरन पेसा संकटमा परेको हो । पाल्पा जिल्लाको बगनासकाली गाउपालिका–८ बगनासका प्रेमसिह विश्वकर्माका अनुसार पहिला गाउँमा सवैले तामाका भाडा बनाउने गरेपनि अहिले तामाका भाडा बनाउने मानिसहरु नै भेटाउन मुश्किल हुने गर्दछ ।

तामा महग्रो हुनु, कच्चापदार्थहरु कोइला लगायतका समान र कामदारको अभावका कारण पछिल्ला वर्षमा तामाका भाडा बनाउने आरन पेसा नै संकटमा परेका हुन । तामा भाडा बनाएर गाउँ गाउँ चाहानुुपर्ने बाध्यताका कारण पनि नयाँ पुुस्ताको आकर्षणको पेशा बन्न नसकेको हो ।
पाल्पाको बगनासमा ५० घर परिवारको मुख्य पेसाका रुपमा रहेको तामाका भाडा बनाउने आरन अहिले देखिन समेत रहर भएको छ । स्थानीयबासिन्दा प्रेमसिहले मात्र अहिले एक्लै पेसा धान्न परेको छ । सवै जसो घरपरिवारले तामाका भाडा बनाउने भएपनि पछिल्ला वर्ष सवैले छोडको स्थानीयबासिन्दा मनरुपा विश्वकर्माको भनाई छ ।

पाल्पा जिल्लाको खालीवन, गल्धा, हुुमिन, देवीनगर, झडेवा, रुप्से, कसेनी, यम्घा, चापपानी बगनास, खस्यौली, छहरा लगायतका स्थानमा तामाका भाडा बनाउने गरपनि पछिल्ला दशवर्षमा यस्ता भाडा बनाउने आरन लोप हुदैँ गएको दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु नेपालीले बताउनुुभयो । सरकारले दलित समुुदायका पुख्यौली सिपहरुलाई आधुनिकीकरण गर्न वेवास्ता गर्दा दलित समुुदायका पेशाबाट विस्थापित हुन बाध्य भए हुन ।

तामाका भाडामा पानी राखेर पिउदा स्वास्थ्यलाई लाभ हुने भएकोले बुढापाकाहरुले तामाको भाडाको प्रयोग बढी हुने गर्दथ्यो । पछिल्लो वर्ष तामाका भाडाको प्रयोगमा कमी आएको छ । सस्तो हुलुङ्गा भाडाले तामाका भाडा उत्पादन हुने स्थानीय आरन पेशा हुन छाडेका छन् । तामा भाडा बनाउने काममा श्रमको बढी प्रयोग हुने गर्दा नयाँ पुस्ताका युवाहरुको आकर्षणको पेशा बन्न सकेको छैन । श्रमको बढी खर्चिनुुपर्ने भएकोले यो समुदायका युवाहरु पछिल्लो समयमा वैदेशिक रोजगारका लागि विदेशिन बाध्य छन् । मजदुुरीका लागि स्थानीय तह तथा छिमेकी मुुलुुक भारतमा जान समेत बाध्य भएका अधिकारकर्मी नेपालीले बताउनुुभयो ।

विश्वकर्मा समुदायको प्रमुख पेसाका रुपमा रहेको तामाका भाडा बनाउने पेशाबाट सिङ्गो समुदाय नै विस्थापित हुन बाध्य छन् । तर, स्थानीय सरकारले दलित समुदायका परम्परात पेशालाई संरक्षण गर्नका लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक रहेका दलित अधिकारकर्मी खुमबहादुर विश्वकर्माले बताउनुभयो । खुमबहादुर विश्वकर्माले तामा, पितल, गिल्टी लगायतका भाडा बनाउने आरनहरु व्यवसायिक बनाउन स्थानीय तहबाट पहल हुन पर्ने र यस पेशाबाट सयौं युवालाई रोजगार दिन सकिने सम्भावना छ तर, राज्य पक्षबाट वेवास्ताका कारण दलित समुुदायको पेशा खोजिएको हो ।

सरकारले सवैका घरमा पानीका धारा जडान गरेपछि तामाका भाडाको प्रयोगमा कमी आएको हो । तामाको तारमा विद्युलीको तार बनाउन प्रयोग हुदाँ महग्रो मुल्यमा खरिद गर्न बाध्य भएको उहाँको भनाई छ । विवाहमा गाग्री ताउला दाइजो दिने परम्परा हटेपछि अहिले तामाका भाडा बनाउने परम्परा नै लोप हुन लागेको प्रेमसिह विश्वकर्माको भनाई छ ।

सरकारले दलित समुुदायका शसक्तिकरणका लागि स्थानीय निकायबाट बजेटको व्यवस्थापन गरेपछि यस्ता पुख्यौली पेशालाई संरक्षणमा खर्च हुन नसक्दा दलित समुदायका सीपमा आधारित पेशा संकटमा परेकोमा बुढापाकाको भने दुखेसो रहेको छ । दलित समुुदायका पेशालाई संरक्षणका लागि स्थानीय तहले संरक्षण गर्नुुपर्ने दलित अधिकारर्मीको भनाई छ । दलित समुुदायका पुुख्यौली पेशालाई संरक्षण गर्न सकेको अवस्थामा स्वदेशमा नै युवाहरुले रोजगारी पाउने अधिकारकर्मी विश्वकर्माको भनाई छ ।