रिब्दीकोट गाउपालिकामा कोरोना व्याबस्थापनका लागि ५ निर्णय

मुख्य समाचार राष्ट्रिय रिव्दीकोट समाचार
सेयर गर्नुहोस

पाल्पा जिल्लामा पछिल्लो समयमा दिन प्रति दिन कोरोना संक्रमितको संख्या थपिदै गईरहेको छ । रिब्दीकोट गाउपालिकाले कोरोना संक्रमण न्यूनिकरण तथा व्याबस्थापनका लागि विभिन्न कार्य गर्ने निणर्य गरेको छ । स्वास्थ्य संयोजक सुनिल अधिकारीका अनुसार रिब्दीकोट गाउपालिकामा कोरोना नियन्त्रणको लागि खसौलीमा ५ बेडको कोभिड उपचार केन्द्र,देउरालिमा २० बेडको आईसोलेसन केन्द्र तयार गरीएको छ । त्यसैगरी कुसुमखोलामा १५ , वतासेमा १५, आयुर्बेदमा १५, सभाहलमा १५सीट क्षमता भएको कोभिड उपचार केन्द्र तयार गर्न सकिने बताउनु भयो ।
हाल सम्म १८ जनालाई कोरोना पोजेटिभ देखिएकोमा १७ जना होम आईसुलेसनमा र १ जना कोभिड अस्पतालमा भर्ना गरिएको छ । गाउपालिकाले ३ वटा एम्बसलेन्स तयारी अबस्थामा राखेको साथै भारत तथा अन्य जिल्लाबाट आउने व्यक्तिहरु घर टोलमा व्यवस्थापन गर्नका साथै पि सि आर परिक्षणको व्यवस्था मिलाउने भएको छ । विगतमा गठित सर्बदलिय समितिलाई क्रियाशिल बनाउदै व्यायाम ,योग गराउने कार्य गरिनुका साथै स्वास्थ्य कर्मीहरुलाई काम अनुसारको सुविधा दिने व्यवस्था मिलाईएको रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण जि सीले जानकारी दिनुभया । यसका साथ साथै पालिका भित्र विभिन्न भेला भोज भतेर जस्ता भिड भाडहुने क्रियाकलप आदिमा संलग्न नहुन आग्रह गरेको छ ।