पाल्पामा ४ सय ७० जना संक्रमित होमआइसोलेसनमा

मुख्य समाचार राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा २०, बैशाख । ०७८
पाल्पा जिल्लामा सोमबार बेलुका सम्ममा ४ सय ७० जना कोरोना संक्रमित होमआइसोलेसनमा बसेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार सोमबार सम्ममा ५ सय ८ जना कोरोना संक्रमित देखिएकोमा ४ सय ७० जना आफ्नै घरमै आइसोलेसनमा बसेका हुन् । त्यसैगरी अस्पतालमा उपचारारत भने ३८ जना मात्र रहेका छन् ।
सोमवारमात्र पाल्पामा ७३ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै पाल्पामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या ५ सय ८ पुगेको छ । सोमवार माथागढीका ३, रामपुरका २, पूर्वखोलाका ५, रैनादेवीका १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी रम्भाका १, बगनासकालीका ५, तिनाउका २, रिब्दीकोटका ४, निस्दीका २ र तानसेन नगरपालिका तथा अस्पतालहरुका ४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभएको छ ।