पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६७ पुग्यो

तानसेन तिनाउ निस्दी पूर्वखोला माथागढी मुख्य समाचार रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा । १२ बैशाख, ०७८ ।
पाल्पामा आइतवार वेलुकी सम्ममा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६७ पुगेको छ । आइतबार नै थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या १ सय ६७ पुगेको हो । पाल्पामा २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ३० पुगेको छ । यसअघि ४६ जनामा गरिएको परीक्षणमा पनि १५ जना नै कोरोना संक्रमित भएका थिए ।
स्वास्थ्य कार्यालय पाल्पाले आइतबार बेलुकी दिएको जानकारी अनुसार ३१ जनामध्ये १५ जनामा कोरोना संक्रमण देखिएको हो । १६ जनाको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । स्मरण रहोस आज मात्रै सिसिएमसीले पहाडी जिल्लामा सक्रिय संक्रमितहरुको संख्या २ सय नाघे निशेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरेको छ ।