बगनासकाली २ पोखराथोकमा पूर्णखोप शुनिश्चतता सम्बन्धी अन्र्तक्रिया

मुख्य समाचार राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

गीता रेग्मी
पाल्पा । ३ बैशाख
खोज र खोप भन्ने स्वास्थ्य को मुल सन्देश सहित बगनासकाली २ पोखराथोकको पूर्ण खोप सुनिश्चितता सम्बन्धि वडा खोप समन्वय समिति सङ अन्तरक्रिया कार्यक्रम पोखराथोकको स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
कार्यक्रम , मा खोप सम्बन्धि , जानकारी गराउदै पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्लेले
जन्मे देखि १५ महिना सम्मका बालबच्चाहरूलाई नछुटाई राज्यले निर्धारण गरेका खोपहरू लगाउदै आईरहेको बताउनु भयो । विसीजी खोप लगाउनु पर्ने कारण आवस्यकता डि पी टी को महत्व , साथै पालियो थोपा र त्यसबाट बच्चालाई हुने फाईदाको वारेमा जानकारी दिनुभयो । साउन १ देखि आषाढ मसान्तसम्म भर्खर जन्मे देखि १५ महिना हुदा सम्मका ३८ जना बालबालिकाले खोप पूरा गरेका छन् । १६ महिना देखि २३ महिना सम्मका १८ जना बालबालिकाहरूले पोखराथोक स्वास्थ्य चौक बाट खोप को सेवा लिएको समेत उहाले बताउनुभयो ।
साउन १ देखि फागुन मसान्तसम्म १३ जना र अन्यस्थानका ६ जना गरि जम्मा १९ जना संस्थागत सुत्केरी भएका छन्, जसले गर्दा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता हुन सहयोग मिलेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कम्तीमा चार पटक बगनासकाली गाउपालिका भित्रका स्वास्थ्य केन्द्रहरूमा गर्भवति महिलाले गर्भ जाचेमा र संस्थागत सुत्केरी भएमा सुत्केरी महिलाहरूलाई, बगनासकाली गाउपालिकाले नगद १५ सय रूपैया दिदै आएको समेत काफ्लेले जानकारी गराउनु भयो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य समिति , जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शर्मा गैरेको अध्यक्षतामा कार्यक्रम चलेको हो ।